बारा, १ असोज । ऐतिहासिक तथा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा प्रख्यात रहेका सिम्रौनगढमा अब उच्च गतिको फाइबर इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले आफनो सेवा विस्तार गरी संचालनमा ल्याएका छन् ।
निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले सेवा विस्तार गरेसँगै स्थानीयवासीले आफ्नै क्षेत्रमा उच्च गतिको इन्टरनेट प्रयोग गर्न पाउने अवसर प्राप्त गरेका हुन् ।
वल्र्डलिंक कलैया शाखाका प्रमुख नेवास अलि सिद्धिकीका अनुसार सिम्रौनगढका ग्राहकलाई लक्षित गरी १५०, २००, ३०० र ६०० एमबीपीएस सम्मका इन्टरनेट प्याकेज उपलब्ध गराइएको छ । कम्पनीले आधुनिक प्रविधिमा आधारित सिक्सजी राउटर सहितको सेवा पनि उपलब्ध गराएको जनाए ।
सेवा विस्तारसँगै सिम्रौनगढका विद्यार्थी, व्यवसायी, सरकारी तथा गैरसरकारी कार्यालय र सर्वसाधारणलाई डिजिटल सेवामा पहुँच सहज रुपमा हुने अपेक्षा गरिएको छ । विशेषगरी अनलाइन शिक्षा, डिजिटल भुक्तानी, भिडियो कन्फरेन्स तथा व्यावसायिक गतिविधिमा उच्च गतिको इन्टरनेटले सहयोग पुग्ने विश्वास लिएको छ ।
पर्यटन तथा व्यवसायिक गतिविधि बढ्दै गएको सिम्रौनगढमा भरपर्दो इन्टरनेटको आवश्यकता बढेकोमा सेवा विस्तार गरिएको शाखा प्रमुख सिद्धिकीले बताए । घरायसी ग्राहक सँगै साना तथा ठूला व्यवसायका लागि विशेष इन्टरनेट लाइन समेत उपलब्ध गराइने उनले भने ।
इन्टरनेट सेवासँगै ग्राहकले १०० भन्दा बढी एचडी तथा १२० भन्दा बढी सामान्य टेलिभिजन च्यानल सहितको टीभी सुविधा सुविधा समेत कम्पनीले राखेको बताए । सेवा शुभारम्भ भएपछि स्थानीयवासीले लामो समयदेखि गुणस्तरीय इन्टरनेट आफ्नै क्षेत्रमा उपलब्ध भएकोमा खुसी व्यक्त गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन