रौतहट, १ असोज । ऐन नियम कानुनलाई हातमा लिएर अन्तरराष्ट्रिय क्षेत्रमा नेकपा (एमाले) निकट नेपाल बौद्धिक परिषद् रौतहट तथा मधेश प्रदेशका अध्यक्ष अनिल झा माथि तस्कर समुहले आक्रमण तिन दिन वितिसक्दा पनि आरोपित प्रहरी नियन्त्रण बाहिर रहेका छन् ।
गत सोमबार बिहान करिब १० बजेको समयमा काम विशेषले बैरगनिया जाने क्रममा कष्टम अफिस छेउमै गौर ५ का सुरेन्द्र गुप्ता सहितका तस्कर समुहले मोटरसाइकलबाट गईरहेको अवस्थामा झा माथि आक्रमण गर्दै कुटपिट तथा दुव्र्यवहार गरेको आज तिन दिन वितिसक्दा पनि आरोपित अझै प्रहरी नियन्त्रण बाहिर रहेका हुन् ।
प्रभाव दैनिकका मधेश प्रदेशका प्रमुख तथा द काठमाडौं एक्सप्रेस न्यूजका प्रमुख समेत रहेका झालाई ज्यान मार्ने उद्देश्यबाट निर्घात कुटपिट गर्नुका साथै गुप्ता छोरा संगै मिलेर दुव्र्यवहार गरेको घटना प्रति स्थानीय स्तरमा विरोध जनाइएपनि आरोपितलाई पक्राउ गरिदा पीडित झन् पीडित बनाएको बताए ।
नेपाल बौद्धिक परिषद् रौतहटले आक्रमणको घोर भत्र्सना गरिसकेको छ । परिषद्का जिल्ला कार्यसमिति सचिव महम्मद अतिउल्लाहले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएर निष्पक्ष छानबिन तथा कानुन बमोजिम कडा कारबाही गर्न सम्बन्धित निकाय सँग माग गरे ।
पत्रकार समेत रहेका आफ्ना जिल्ला अध्यक्ष झामाथि भएको घटनालाई गम्भीर रूपमा लिएको परिषद्ले आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।
सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने नेपाली नागरिकमाथि कुटपिट तथा दुव्र्यवहारका घटना दोहोरिनुले नागरिकको सुरक्षा र सहज आवागमन माथि प्रश्न उठेको परिषद्को ठकर छ ।
यसरी अन्तरराष्ट्रिय क्षेत्रमा गएर निर्घात कुटपिट यस प्रकारको घटना भएपछि घटनामा संलग्न दोषिलाई तत्कालै समातिनुपर्ने प्रहरीको भुमिका माथि समेत गम्भीर प्रश्न खडा भएको पीडित झाले बताए । सीमापारी बैरगनिया स्थित थानामा एफआईआर दर्ता गराइसकेको तथा जिल्ला प्रहरी कार्यालय गौरमा प्रारम्भीक उजुरी दर्ता गराइएपछि बल्ल घाउजाँच परिक्षण भएपनि पिडकलाई समात्ने तर्फ प्रहरीको खासै ध्यान नदिएको उनले आरोप लगाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन