रौतहट, २ असोज । नेपाल प्रेस युनियन रौतहट शाखाको ७ औं जिल्ला अधिवेशनबाट दिपु मिश्रको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समितिको सर्व सहमतीबाट चयन गरिएको छ ।
गठित समितिको उपाध्यक्षमा सागर हुमागाई, सचिवमा राकेशकुमार यादव, सहसचिवमा प्रकाश चौधरी, कोषाध्यक्षमा मोहम्मद मोजिबुल्लाहलाई सर्व सहमतीबाट चयन गरिएको हो ।
यसैगरी सदस्यहरुमा गोपाल हुमागाई, दिपक श्रीवास्तव, मो. ओजिर आलम, तनविर आलम र साहिल पुरी लाई कार्य समितिमा चयन गरियो ।
यस्तै केन्द्रीय पार्षदमा प्रभातकुमार झा, शम्भु थापा, सुमन गौतम, संगम श्रेष्ठ, नितेशकुमार गुप्ता, रुद्राकुमारी कार्की तथा प्रदेश पार्षदमा प्रकाश श्रेष्ठ, सवनम कुमारी साह र नन्दभुषण श्रीवास्तलाई सर्व सहमतीबाट चयन गरियो ।
केन्द्रीय प्रतिनिधि गणेश रिजाल, केन्द्रीय सदस्य संजय कार्की र शिव पुरीको उपस्थितिमा उक्त कार्य समितिको चलन भएको छ । नवगठित कार्य समितिलाई केन्द्रीय प्रतिनिधि सहितका पदाधिकारीहरुले सफल कार्यकालको शुभकामना दिदै बधाई दिए ।
कार्यक्रम रौतहटको चन्द्रनिगाहपुरमा आज सम्पन्न भयो । कार्यक्रमको सुरुमै हालै दिवंगत भएका नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष प्रिमेश शिवाकोटी प्रति श्रद्धाञ्जली तथा शोक वक्तव्य पारित गर्दै कार्यक्रम संचालन भएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन