एआई प्रविधिबाट तयार पारिएको साँकेतिक तस्वीर हो ।
रौतहट, ३ असोज । रौतहटको चन्द्रपुर नगरपालिका–४ कप्तान टोलमा शुक्रवार जंगली हात्तीद्वारा धानबालीमा क्षति पुर्याएको छ ।
गएराति करिब १० बजेको समयमा हात्ती बस्ती क्षेत्रमा प्रवेश गरेको भन्दै स्थानीयलाई सतर्क रहन वडा कार्यालयले आग्रह गरेको हो ।
चन्द्रपुर नगरपालिका–४ का वडा अध्यक्ष रवि रानाले सामाजिक सञ्जाल मार्फत सूचना जारी गर्दै हात्ती देखिएमा नजिक नजान, नलखेट्न तथा तत्काल सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरे ।
हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दामा त्रास छाएको छ । विशेषगरी रातको समयमा खेतबारी तथा आसपासको क्षेत्रमा आवतजावत गर्दा थप सावधानी अपनाउन वडा कार्यालयले आग्रह गरेको छ ।
वडा अध्यक्ष राणाले हात्तीलाई जिस्क्याउने, लखेट्ने वा नजिक गएर नियन्त्रण गर्ने प्रयास नगर्न समेत अनुरोध गरे । हात्ती देखिएमा सुरक्षित स्थानमा रहेर सम्बन्धित निकायलाई जानकारी गराउन उनले अपिल जारी गरे ।
घटनाबारे जानकारी गराउन वडा कार्यालय, डिभिजन वन कार्यालय र प्रहरीका सम्पर्क नम्बर समेत सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरियो ।
सम्पर्क नम्बरः
वडा कार्यालयः ९८५५०४१८३८–९८४३६०५४१२
डिभिजन वन कार्यालय, रौतहटः ९८५५०४१८२३–९८५४०८४४०२
इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरः ९८५५०९०१६६–९८५५०४१९४१
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन