रौतहट, ४ असोज । आँखामा समस्या भएका नागरिकको घरदैलोमा गएर वृहत रुपमा निःशुल्क आँखाको परिक्षण गर्ने महाअभियानलाई गौर आँखा अस्पतालद्वारा निरन्तरता दिएका छन् ।
महाअभियानकै क्रममा राजपुर नगरपालिका–५ पानी टंकी क्षेत्रमा आज आईतवार नेपाल नेत्र ज्याति संघ अन्तर्गत संचालित गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक टोलीद्वारा आयोजित निःशुल्क आँखा परिक्षण शिविरमा उत्साहपूर्वक स्थानीयहरु उपस्थित भएर आ आफना आँखाको परिक्षण गराएका हुन् ।
एक दिने निःशुल्क शिविरमा १७१ महिला र १०१ पुरुष गरी २७२ जना सेवाग्राहीको विशेष आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
शिविरमा परीक्षण गरिएका सेवाग्राही मध्ये ६७ जना मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएको उनले भने । १५९ जना सेवाग्राहीलाई आवश्यक औषधि निःशुल्क वितरण गरियो ।
महाअभियानलाई प्रभावकारी तथा नमुना अभियानका रूपमा अघि बढाउन गौर आँखा अस्पतालका अध्यक्ष विजय कुमार सिंह, सदस्य तथा सचिव बच्चाबाबु यादव, वरिष्ठ लेखा अधिकृत पवन कुमार न्यौपाने, राजपुर नगरपालिका–५ का वडाध्यक्ष कृष्णनन्दन राम तथा युवा समाजसेवी एवं भावी मेयरका उम्मेदवार सरफोज खान लगायतको सक्रिय सहभागिता रहेको थियो ।
शिविरमा सञ्चारकर्मी, सेवाग्राही तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको जानकारी दिदै कार्यक्रम संयोजक पाण्डेले प्राविधिक टोलीको नेतृत्व अशोक कुमार पासवान र अमित दासले संयुक्त रूपमा गरेका थिए । टोलीमा गोमा न्यौपाने, जितेन्द्र यादव, अंकीता साह र गौरी शंकर राउत लगायत प्राविधिक तथा सहयोगी गरी ९ जना सहभागी रहेको थियो ।
गौर आँखा अस्पतालले स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा तथा समुदायसँगको सहकार्यमा यस्ता निःशुल्क आँखा शिविरलाई निरन्तरता दिँदै ग्रामीण तथा विपन्न समुदाय सम्म गुणस्तरीय आँखा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ अभियानलाई निरन्तरता दिइएको बताइएको छ ।
गौर आँखा अस्पतालबाट समुदायमै पुगेर सञ्चालन गरिने यस्ता शिविरले आर्थिक तथा भौगोलिक कारणले अस्पताल सम्म पुग्न नसकेका नागरिकलाई आँखा परीक्षण, परामर्श, औषधि तथा आवश्यक उपचार सेवामा पहुँच बढाउन सहयोग पुग्ने विश्वास संयोजक पाण्डेले व्यक्त गरे ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन