वीरगञ्ज आईसीपीमा ‘व्यापारिक एकाधिकार’ सम्बन्धी विवाद कुटपिट सम्मः पत्रकारको परिचय देखाएर ट्रक रोक्ने आरोप

0 Shares

एआई प्रविधिको सहयोगमा तयार पारिएका साँकेतिक तस्वीर हो ।

माछा–तरकारी कारोबारमा प्रभाव जमाउने विषयमा विवाद चर्कियो, निजी व्यक्तिले भन्सार क्षेत्रमा सवारी रोक्ने र कागजपत्र माग्ने अधिकार माथि गम्भीरु प्रश्न
वीरगञ्ज, ४ असोज । अन्तर्राष्ट्रिय व्यापारको संवेदनशील नाका मानिएका वीरगञ्ज स्थित एकीकृत जाँच चौकी (आईसीपी) मा माछा, तरकारी तथा फलफूलको कारोबारमा प्रभाव र एकाधिकार कायम गर्ने विषयमा देखिएको विवाद कुटपिट सम्म पुगेपछि भन्सार प्रशासनको कार्यशैली र आईसीपी भित्रको व्यापारिक साँठगाँठ जस्ता गतिविधि माथि गम्भीर प्रश्न उठेको छ ।
पत्रकारिताको कार्डलाई अतिरिक्त पेशाका रूपमा प्रयोग गर्दै मुख्यतः व्यापारिक गतिविधिमा संलग्न दुई पक्षबीच आईसीपी भित्र व्यापारिक कारोबार र सवारी साधन नियन्त्रण गर्ने विषयमा विवाद भएको बुझिएको हो ।
गएको भदौ ३० गते राति करिब साढे ९ बजे तिरको हो । भन्सार कार्यालयबाट बाहिरिन लागेको एउटा ट्रकलाई नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समिति सदस्य अजय साहले कागजपत्र बारे सोधपुछ गर्दै रोक्न खोजेपछि तरकारी तथा फलफूल व्यवसायी एवं पत्रकार अखिलेश साहसँग विवाद भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
घटनास्थलमा प्रहरी पुगेपछि साहका दाजु विपिन साह तुरहालाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय श्रीपुर लगिएको थियो । त्यसपछि आईसीपी नजिकै रहेको प्रहरी चौकीमा राति करिब ११ बजे सम्म दुवै पक्षबीच छलफल तथा सहमतिको प्रयास गरिए पनि सहमति जुट्न सकेन ।
विवाद समाधानका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी तथा महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जाराले समेत पहल गरेको मिडिया रिपोर्टमा भनिएको छ । तर, दुवै पक्ष आ–आफ्नो अडानमा रहेपछि विवाद समाधान हुन सकेनन् ।
विपिनलाई सोही राति प्रहरीले छाडेको र त्यसपछि सहमति हुन नसकेको अखिलेश पक्षको आरोप छ ।
घटनासँग सम्बन्धित प्राप्त भिडियोमा अजय साहले आफू ‘मिडियाको मान्छे’ भएको भन्दै ट्रकको कागजपत्र बारे प्रश्न गर्दै सवारी रोक्न खोजेको देखिने दाबी गरिएको छ । यसले आईसीपी जस्तो संवेदनशील भन्सार क्षेत्रमा पत्रकार वा निजी व्यक्तिले सवारीसाधन रोक्ने, कागजपत्र माग्ने वा जाँच गर्ने अधिकार कहाँबाट प्राप्त गर्यो ? भन्ने प्रश्न उठाएको छ ।
भन्सार जाँच, कागजात परीक्षण तथा सवारी साधन नियन्त्रणका लागि राज्यका सम्बन्धित निकाय र कर्मचारीको अधिकार क्षेत्र तोकिएको अवस्थामा कुनै व्यक्तिको प्रत्यक्ष हस्तक्षेप भए त्यसले आईसीपीको सुरक्षा, प्रशासनिक अनुशासन र भन्सार प्रक्रिया माथि यतिखेर गम्भीर प्रश्न उठेको छ ।
सात जनाविरुद्ध जाहेरी
घटनालाई लिएर विपिन साह तुरहा, अजय साह तुरहा, सञ्जय साह तुरहा, प्रकाश साह तुरहा, मुस्तुफा समानी, दिपु साह तुरहा र दिपु पटेल विरुद्ध वडा प्रहरी कार्यालय श्रीपुरमा जाहेरी परेको जनाइएको छ ।
जाहेरीमा मनिष कुमार गुप्ता, नवीन कुमार तिवारी, विशाल साह, मिथलेश कुमार गुप्ता, अरुण कुमार यादव, अब्दुल हसन मियाँ र रमेश लामा माथि अभद्र व्यवहार तथा आक्रमण गरिएको आरोप छ ।
जाहेरीमा उल्लेख भए अनुसार कुटपिटका क्रममा अरुणकुमार यादवको टाउको र मिथलेशकुमार गुप्ताको आँखामा चोट लागेको तथा उनीहरूको नारायणी अस्पताल वीरगञ्जमा उपचार गरिएको उल्लेख मिडिया रिपोर्टमा छ । जाहेरीकर्ताले उपचार पुर्जी, घाउजाँच केस फाराम लगायतका कागजात समेत प्रहरीमा बुझाएको जनाए ।
सार्वजनिक स्थानमा अवरोध सिर्जना गरी अश्लील शब्द प्रयोग तथा आक्रमण गरेको आरोप लगाउँदै मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ बमोजिम कारबाहीको माग गरिएको छ ।
‘व्यापारिक एकाधिकार’को आरोप
जाहेरी र सम्बन्धित पक्षको दाबी अनुसार घटनाको मूल कारण आईसीपीबाट हुने माछा, तरकारी तथा फलफूलको कारोबारमा प्रभाव र एकाधिकार कायम गर्ने प्रयास रहेको आरोप छ ।
स्रोतका अनुसार आईसीपीबाट दैनिक करिब ५० देखि ७० वटा सम्म तरकारी तथा माछा बोकेका ट्रक भित्रिने गरेका छन् । ती मध्ये केही ट्रकले मात्र औपचारिक रूपमा भन्सार महसुल तिर्ने र बाँकी सेटिंगको कारोबारमा भन्सार कर्मचारी तथा त्यहाँ खटिएका सशस्त्र प्रहरी सँग मिलेमतो हुने गरेको आरोप समेत लगाइएको छ ।
अखिलेश साहले विपिन र अजय साहको घर आईसीपी रहेको सिर्सिया क्षेत्रमै भएकाले स्थानीय प्रभाव र दबाब प्रयोग गरी अन्य व्यवसायीलाई माछाको कारोबारमा प्रवेश गर्न नदिएको आरोप लगाएका छन् ।
दुवै पक्षमाथि आरोप
अर्को तर्फ, अखिलेशका भाइ मनिषकुमार गुप्ता उर्फ उदयमाथि पनि भन्सारमा तरकारी तथा फलफूलको कारोबारमा ‘सेटिङ’ मार्फत सञ्चालन गर्ने गरेको आरोप लगाइएको छ ।
उनीमाथि प्लान्ट क्वारेन्टाइनकी एक महिला कर्मचारीलाई प्रभावित पारेर आर्थिक लाभ लिएको तथा वीरगञ्ज बसपार्क नजिक करिब चार करोड रुपैयाँ मूल्य पर्ने जग्गा खरिद गरेको आरोप समेत लगाइएको छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका वीरगञ्ज महानगरपालिका–२५ का अध्यक्ष समेत रहेका विपिन साहका भाइ प्रकाश साह तुरहालाई वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएर अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाएको बुझिएको छ । प्रकाशलाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनामा आरोपित अन्य व्यक्तिहरू फरार रहेको बताइएको छ ।
आईसीपी जस्तो अन्तर्राष्ट्रिय व्यापारको संवेदनशील नाकामा भएको यस प्रकारको विवादले अब कसले सवारी रोक्न पाउने, कसले कागजपत्र जाँच गर्न पाउने, व्यापारिक कारोबारमा कसको अधिकार रहने तथा आईसीपी भित्र प्रवेश र कारोबारको निगरानी कसरी भइरहेको छ भन्ने विषयलाई अनुसन्धानको केन्द्रमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।