एआइ प्रविधिको सहयोगमा तयार पारिएको साँकेतिक तस्बिर ।
रौतहट, ६ असोज । रौतहटको दुर्गा भगवती गाउँपालिका–४ पचरूखी निवासी तथा लेखापाल पदबाट अवकाशप्राप्त रामबलम यादव छिमेकीलाई अभद्र व्यवहार गरेको आरोमा प्रहरीले पक्राउ गरेको छ ।
दुर्गा भगवती ३ का लालु श्रीवास्तवको छिमेकी भएर घर बनाउने क्रममा बढि जग्गा मिचेर बनाउन खोज्दा विवाद सुरु भएका थिए । यादवले आफ्नो पक्षबाट मानिसहरु लगाएर श्रीवास्तवको छोरी सहितको महिला माथि अभद्र व्यवहार गराएको आरोप लागेपछि निजलाई सोमबार साँझ पक्रारा गरेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताउदै उनीहरु छिमेकी भएको र अभद्र व्यवहार गरेको हुदाँ नियन्त्रणमा लिनुपरेको जानकारी दिए ।
स्मरणीय रहोस कि, अवकाशप्राप्त लेखापाल यादवले आर्थिक चलखेलको बलमा घटनालाई सामसुम पार्नमा लागिएको छ । उक्त घटनालाई मिलाउन जिम्मेवार जनप्रतिनिधिहरु यतिखेर व्यस्त रहेको श्रोतले बतायो । भनिन्छ जस्तोसुकै कर्म गरौं पैसले सबै मिल्छ ? किन भने रौतहटमा पैसा बोलता है ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन