रौतहट, ७ असोज । गौर नगरपालिका–४ स्थित एक व्यापारीको घरबाट ५० लाख भन्दा बढिको मोवाइल पार्टस सहितका सामानहरु भण्डारण गरिएको अवस्थामा सशस्त्र प्रहरीले मंलवार राति छापा मारेर बरामद गरेका छन् ।
सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिवासलाई प्राप्त भएको जानकारी पछि डिआईजी विष्णु भट्टको निर्देशनमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका प्रमुख एसपी चेतराज जोशीको कमाण्डमा ४५ जना सशस्त्र प्रहरीको टोलीले स्थानीय व्यापारी भोला साहको घरमा खानतलासी गरेर उक्र परिमाण भन्दा बढिको मोवाइल पार्टसहरु बरामद गर्न सफल भएका हुन् ।
सीमापारी भारतीय बजारबाट चोर नाका भएर नेपाल सरकारको राजस्व छलेर भित्रयाइएका मोबाइलका पार्टपुर्जा तथा अन्य सामग्री लुकाएर राखिएको मंगलबार राति करिब १ बजेको समयमा बरामद गरिएको बताइएको छ ।
सशस्त्र प्रहरीले गरेको खानतलासीका क्रममा घरभित्र बेवारिसे अवस्थामा लुकाएर राखिएको मोबाइल सँग सम्बन्धित विभिन्न सामान बरामद भएको सशस्त्र प्रहरीले जनाए । बरामद सामग्रीको बजार मूल्य मूल्य ५० लाख १४ हजार ५ सय रुपैया रहेको बुझिएको छ ।
प्रहरी टोलीले सोही स्थानबाट दुई थान मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका एसपी जोशीले जानकारी दिए ।
कहाँबाट आयो सामान ?
ठूलो परिमाणमा मोबाइल पाट्र्स बरामद भएपछि उक्त सामान कुन नाका हुँदै नेपाल भित्रिएको थियो भन्ने यतिखेर गम्भीर प्रश्न समेत उठेको छ । सशस्त्र प्रहरीले यसको स्रोत र ओसारपसारमा संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको जनाएपनि कारोवारी भोला साहले विगतका दिनमा यस्ता कार्यहरु संचालन गर्दै जिल्ला देखि लिएर केन्द्र सम्म सेटिंग गरेर कारोवार जारी राखेको भएपनि पछिल्लो समयमा सुरक्षा नेतृत्वमा परिवर्तन आएपछि सामान बरामद हुनुबाट विगतमा यस जिल्लाको नेतृत्व सम्हालेका सशस्त्र प्रहरीको प्रमुख माथि प्रश्न तेश्रिएको छ ।
स्रोतका अनुसार घरधनी रामबाबु साहको छोरा भोलाले भारतबाट भन्सार छली गरी मोबाइल पाट्र्स ल्याएर घरमै भण्डारण गर्ने तथा यहाँबाट चन्द्रपुर, काठमाडौं सम्म पठाउने गरेको दाबी गरिएको छ ।
खानतलासी भईरहदा घरधनी वा निजका छोरा कोही थिएन । उक्त सामानहरु घरबाट बेवारिसे अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीका एसपी जोशी बताउँछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन