उत्सव र खुशीयाली मनाउन आज सार्वजनिक बिदा

   ४ माघ २०७८, मंगलवार ०७:४५  

रौतहट, ४ माघ । लामो समय देखि उत्पन्न गतिरोध अन्त्य हुँदै प्रदेश २ को नाम मधेश र स्थायी राजधानी जनकपुरधाम भएको अवसरमा मधेश सरकारद्धारा प्रदेश भरी मंगलवार अर्थात आज सार्वजनिक विदा दिइएको छ ।
दुई तिहाइ भन्दा बढि मतबाट प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लागेपछि आज प्रदेशभरी खुलीयाली एवं उत्सवको रुपमा मनाउनका निमित्त मधेश सरकारद्धारा सार्वजनिक विदा दिइएको हो ।
मधेश प्रदेश सरकारका प्रबक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशमा बिदा दिइएको जानकारी गराए । सोमवार प्रदेश सभाको पहिलो बैठकबाट स्थायी राजधानी जनकपुरधामको पक्षमा ७८ मत र दोश्रो बैठकबाट मधेश प्रदेशको पक्षमा ८० मत परेपछि अन्य नामावलीहरु आफै निष्कृय भएको थियो ।
प्रदेश सभा गठन भएको चार बर्ष पछि बल्ल नामाकरण र स्थायी राजधानीको टुंगो लगाउन सफल भएको छ । पटक पटक सहमती नहुँदा यसपाली पनि नहुनेहो की भनेर आशंका उब्जदै जादै गोप्य मतदानको प्रक्रियाबाट दुबैको टुंगो लगाई सधैको लागि विवाद समाप्त भएको छ ।
सानै भएपनि प्रदेश २ को नाम मधेश भएको र स्थायी राजधानी जनकपुरधाम भएकोमा सबै प्रदेश साँसदहरु साधुबादको पात्र भएका छन् । जसरी दुई तिहाई मतबाट पारित भएको नाम र राजधानी संगै विकास कार्यमा हातेमालो गरेर अघि बढ्न इच्छा शक्ति जानकी माताले दिउन भने कामना समेत प्रदेशबासीले गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै