cloud zoom js download zoom events download how zoom app is unsafe why is my laptop mic not working on zoom - why is my laptop mic not working on zoom link download zoom download and install zoom on windows 10

स्वावलम्बन भई आत्मनिर्भर बन्ने तर्फ उन्मुख हुँदै फतुवा विजयपुरको दलित महिलाहरु

   ४ माघ २०७८, मंगलवार १४:५४  

फतुवा विजयपुर (रौतहट), ४ माघ । घरमै सिमित भएर बसेकी महिलाहरुलाई आत्मनिर्भर कसरी बन्ने, पुरुष महिला पनि पछि नरहेको तथा हरेक कार्यमा महिलाको सक्रिय भुमिका निर्वाह गर्न सक्ने क्षमताको विकासमा सहयोग गर्दा अहिले सयौं महिलाहरु स्वावलम्बन बन्ने तर्फ उन्मुख भएको पाइएको छ ।
रौतहट जिल्लाको उत्तरी पश्चिमी भेगमा अवस्थित फतुवा विजयपुर नगरपालिकामा बसोबास गर्ने अल्पसंख्य दलित समुदायको मुसहर, चमार, डोम, चौधरी लगायतको पिडिएका परिवारका महिलाहरुलाई घरमै मात्र सिमित नभई आत्मनिर्भर बनाउने कार्यमा हिमबन्ती नेपालले सक्रिय भुमिका निर्वाह गरेर लक्ष्ति बर्गलाई माथि उकास्नमा मद्दत पुर्याइएको हो ।
सिमेन्पु फाउन्डेशनको आर्थिक सहयोग, ओमेन लिडरसिप चेन्ज इन (एनआरएम) को प्राविधिक सहयोगमा हिमबन्ती नेपालले “नेपालमा खाद्य सुरक्षा तथा सम्प्रभुता र वातावरणीय व्यवस्थापनमा महिला नेतृत्व” नामक कार्यक्रमको पाइलट परियोजना फतुवा विजयपुर नगरपालिकामा लागु गरेर समुहको माध्यमबाट गरिव, असहाय, पिछडिएका वर्गको महिलाहरुलाई समावेश गरेर आत्मनिर्भर बनाएका छन् ।
हिमबन्ती नेपालले फतुवा विजयपुर नगरपालिकाको २, ६, ८, ९ र १० नम्वर वडामा विभिन्न १४ वटा समुहमा मुसहर १८५, चमार ८०, वैठा मुखिया विनको ५, साह पटेल महतोको ५४, थारु ३४, अन्य ७ गेरर ३६३ घरधुरीलाई समुहमा आबद्ध गरेर महिलाहरुलाई आत्मनिर्भर बनाई उनीहरुको जिवकोपार्जन सहित असल महिलाको कत्तव्र्यनिष्ठ बनाएका छन् ।
पाइलट परियोजनाको अवधी सन् २०२१ डिसेम्बरबाट फेजआउट भएको हुँदा उनीहरुलाई निरन्तरता दिन स्थानीय तहले जिम्मेवारी लिुनपर्ने परियोजनाको कार्यक्रम संयोजक सरिता लामाले बताइन् । कार्यक्रम संयोजक लामाको अनुसार सुरु सुरुमा यी महिलाहरुलाई घरबाहिर ल्यान निकै गाह्रो हुन्थ्यो, उनीहरु पूर्ण रुपमा निरक्षर रहदा लेखन शैली नभएपनि उनीहरुको रुची अनुसारको तालिम दिएर बोल्ने क्षमताको विकास, घरआँगन सफासुघर राख्ने तालिम, बाँझो जग्गालाई खनजोत गरेर मौसम अनुसारको तरकारी खेती गर्न लगायतको सिप प्रवद्र्धन गर्दा अहिले उनीहरु मज्जा संग आफनै करेसा बारीमा तरकारी लगाएर बजारबाट किन्ने झन्झटबाट मुक्त भएकी छिन् ।
त्यती मात्रै नभई उनीहरुमा अधिकार प्रति सचेत भएको, आफनो काम कत्तव्र्य वारे पूर्ण जानकारी बनेको, छोराछोरीलाई विद्यालय पठाएर अध्ययनअध्यापन गराईरहेको तथा बाहिर श्रीमानको कार्यमा सहयोग गर्न थालेको हुँदा १४ महिनामै उनीहरुको रहनसहन एवं जिवकोपार्जनमा निकै परिवर्तन आएको कार्यक्रम संयोजक लामाले बताइन् ।
वडा नम्वर ८ कि रेणुका देवी माझीले हिमबन्ती नेपाल संस्थाले आफूलाई दिएको ज्ञान सिपबाट मेरो जिवनमा निकै परिवर्तन आएको भनिन । घरमा खाना पकाउने, भाढा सफा गर्ने, श्रीमानको सेवा सत्कार गर्ने, छोराछोरीको हेरचाह गरेर घरमै थन्किएर बस्ने गर्दथे तर यो संस्था आएर केही ज्ञानसिप दिई आत्मनिर्भर कसरी बन्ने, कसरी रकम बचत गर्ने, करेसावारीमा तरकारी खेती कसरी गर्ने, घरमा आएका वा वाहिर जाँदा कसरी बोली बचन गर्ने लगायतका कार्यबाट मेरो जिवनमा निकै परिवर्तन आएको बताइन् । अहिले आफनो अधिकारको लागि वडाध्यक्ष, मेयर, उपमेयर, साँसद संग पनि वेझिझक कुरा गरिरहेको सम्झीदै आफू निकै अगाडी आएको महसुस गरिन ।
यस्तै गायत्री साहले पनि आफनो जिवन परिवर्तनमा आएको परिवर्तनबाट निकै खुशी छिन् । जग्गा विहिन गायत्री एलानी जग्गामा बसोबास गर्दै आएका थिए, त्याहाँबाट पनि धपाउन निकै प्रयास गरे तर यो संस्थामा आवद्ध भएपछि धेरै सिपहरु सिकेको घरआगनमै तरकारी उब्जाएर आफनो र परिवारको गुजारा चलाउन घर अगाडी नै दैनिक रुपमा तरकारी विक्री गरी मजाले परिवार चलाउदै आएकोमा गर्व महसुस गरिन ।
गाउँको एक जना संग ५०० रुपैया लिएर व्यापार सुरु गरेको भएपनि ति रुपैया दिएर पनि गर्दै आएको तरकारी खेतीबाट जिवकोपर्जन गर्दै महिनाको एक सय रुपैया बचत गर्दै आएको भनिन । हिमबन्ती नेपालको फेजआउट भएको सोध्दा केही फरक पर्दैन हामीहरु समुहमा बचत गर्ने र तरकारी खेती गर्ने लगायतको सिपहरु जानीसकेको हुँदा कसैले रोक्दा पनि हामीहरुलाई स्वावलम्बन बन्नबाट रोक्न नसक्ने दाबी गरिन ।
हिमबन्ती नेपालले खडा गरेका १४ वटा समुहको ३६३ घरधुरीको समुहलाई फतुवा विजयपुर नगरपालिकाको सम्बन्धित वडाहरुले पनि चालु आर्थिक बर्षमा रकम अनुदान सहयोग गर्ने भएको लक्ष्तिवर्गले जानकारी दिए । निके खुशी लागेको छ आफूहरु घर भित्र सिमित भई नारकिय जिवन विताउन बाध्य रहेकी महिलाहरुलाई आत्मनिर्भर बनाई स्वालम्बन गर्ने कार्यमा सहयोग पुर्याउएको हिमबन्ती नेपाल नामक गैरसरकारी संस्थालाई धन्यवाद दिदै आभार व्यक्त गरिन् उनीहरु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै