‘हतियार ७२ घण्टामै पुग्छ, किसानले मल–इन्धन पाउँदैनन्’ किनः यूएन महासभामा प्रधानमन्त्री शाह

0 Shares

यूएन महासभामा बालेन्द्रको प्रश्न—युद्धका लागि चुस्त, खाद्यान्नका लागि भताभुङ्ग आपूर्ति प्रणाली किन ?

रौतहट, ९ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानता माथि गम्भीर प्रश्न उठाउँदै युद्धका सामग्री सहजै विश्वका जुनसुकै कुनामा पुर्याउन सक्ने संयन्त्र किसानका लागि आवश्यक मल तथा इन्धन उपलब्ध गराउनेमा प्रणाली कमजोर रहेकोमा गम्भीर प्रश्न उठाए ।
संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई शुक्रबार विहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अन्तरमहादेशीय क्षेप्यास्त्र, राइफल तथा गोलाबारुद तोकिएको समयमै विश्वका विभिन्न स्थानमा पुर्याउन सकिने तर किसानले आवश्यक परेको समयमा बजार मूल्यमा समेत मल र इन्धन पाउन नसक्ने अवस्था रहेको उल्लेख गरे ।
संयुक्त राष्ट्रसंघका अनुसार ८१औं महासभाको सामान्य बहस सेप्टेम्बर २२ देखि २८ सम्म चल्ने छ ।
प्रधानमन्त्री शाहले विश्वव्यापी आपूर्ति प्रणालीको प्राथमिकता माथि प्रश्न उठाउँदै ‘युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग रसद प्रणाली भएको संसार’ निर्माण गरिएको टिप्पणी गरे ।
उनका अनुसार आफूले तिर्न सक्ने देश र नागरिकले आवश्यक वस्तु खरिद गर्न पाउने अवस्था सुनिश्चित हुनुपर्छ । हतियारलाई ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा पुर्याउन सक्ने विश्व व्यवस्थाले किसानलाई मर्यादित जीविकोपार्जनका आधारभूत साधनबाट वञ्चित राख्ने कुनै औचित्य नरहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री शाहले आपूर्ति प्रणालीको यो असमानतालाई जलवायु न्याय र विश्वव्यापी आर्थिक व्यवस्थासँग समेत जोड्दै कमजोर तथा विकासशील देशका नागरिकले आफूले सिर्जना नगरेका संकटको भार बोक्नु परेको बताए ।
उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता देश प्रभावित भइरहेका बेला विश्वव्यापी आपूर्ति शृंखलाको कमजोरीले गरिब तथा कमजोर समुदाय माथि थप असर पारिरहेको उल्लेख गरे । जलवायु संकट र आर्थिक असमानताको प्रभावलाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको उनले जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।