१९ वर्षपछि दोहोरो हत्याको रहस्य खुल्यो, तराई जनतान्त्रिक मुक्ति मोर्चाका बारुद सिहको मुख्य संलग्नता रहेको प्रहरी अनुसन्धानाट पुष्टि

0 Shares

रौतहट, ९ असोज । रौतहटमा १९ वर्षअघि गोली प्रहार गरेर दुई जनाको हत्या भएका घटनाको अनुसन्धानबाट तत्कालिन तराई जनतान्त्रिक मुक्ति मोर्चामा आवद्ध सुरेन्द्र यादवको मुख्य संलग्ता रहेको रौतहट प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी प्रेस नोटमा, प्रहरीले घटनामा संलग्न रहेको आरोपमा हाल जिल्ला कारागार गौरमा सजाय भुक्तान गरिरहेका एक व्यक्तिको पहिचान गरी थप अनुसन्धान अघि बढाएको हो ।
२०६४ साल वैशाख ३१ गते राति करिब १ बजेको समयमा तत्कालीन धरमपुर गाविस–१, हाल गढीमाई नगरपालिका–६ मा दुई जना माथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।
घटनामा परेर तत्कालीन पिपरिया (दो.) गाविस–३, हाल गरुडा नगरपालिका–७ का ३२ वर्षीय नागेन्द्र बैठा र तत्कालीन गेड्हीगुठ्ठी गाविस–९, हाल गरुडा नगरपालिका–२ का २८ वर्षीय प्रमानन्द सहनीको मृत्यु भएको प्रहरीको जारी प्रेस नोटमा उल्लेख छ ।
घटना पश्चात लामो समयसम्म हत्यामा संलग्न व्यक्ति वा समूहको पहिचान हुन सकेका थिएन । तर, घटनाको निरन्तर अनुसन्धानका क्रममा जिल्ला कारागार गौरमा अपहरण तथा शरीर बन्धक र संगठित अपराध सम्बन्धी मुद्दामा सजाय भुक्तान गरिरहेका ‘वारुद सिंह’ भन्ने सुरेन्द्र प्रसाद यादवको मुख्य संलग्नता रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
उनका अनुसार यादव तत्कालीन समयमा तराई जनतान्त्रिक मुक्ति मोर्चा (बारुद सिंह) नामबाट परिचित भई भूमिगत संगठनमा सक्रिय रहेको पाइएको छ ।
घटनाको अनुसन्धानका क्रममा १९ वर्षपछि अभियुक्तको पहिचान खुलेपछि प्रहरीले हत्याको घटनासँग सम्बन्धित थप प्रमाण तथा तथ्य संकलन गर्ने काम अघि बढाएको उनले भने ।
लामो समयदेखि अनुत्तरित रहेको उक्त दोहोरो हत्याको घटनामा नयाँ तथ्य सार्वजनिक भएपछि अनुसन्धानबाट घटनाको वास्तविकता थप स्पष्ट हुने डिएसपी गौतमले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।