टिभी चलाउँदा करेन्ट लाग्यो, बारामा १० वर्षीय बालकको मृत्यु, चार जना घाइते

0 Shares
बारा, ९ भदौं । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश राम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएका हुन् ।
घरमा टेलिभिजन चलाउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा आकाश गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिए तर, चिकित्सकले अस्पताल ल्याउनु अघि बाटोमै मृत्यु भइसकेको पुष्टि गरेको प्रहरीले जनाए ।
करेन्ट लागेका बालकलाई छुटाउने क्रममा उनकी ७० वर्षीया हजुरआमा ऐतबरिया देवी, १२ वर्षीया दिदी निलम, छिमेकी ४० वर्षीया फूलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा घाइते भएको बताइएको छ ।
घाइते मध्ये ऐतबरिया देवी, फूलकुमारी राम र अनिता शर्माको कोल्हवी स्थित तामागढी अस्पतालमा तथा निलमको सिटी अस्पतालमा उपचार भइरहेको छ । चारै जनाको अवस्था खतरामुक्त रहेको बारा प्रहरीका सूचना अधिकारी एवं डिएसपी मीनबहादुर घलेले बताए ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।