रौतहट, १० असोज । रौतहट प्रहरीले गंगापिपराका पुजन साहलाई सबा ५ किलो गाँजा सहित पक्राउ गर्न सफल भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, शनिवार दिउसो १ बजेको समयमा यमुनामाई गाउँपालिका–४ सरुअठा स्थित झुलुंगे पुल तर्फ जाने सडकमा राकी राखिएको विआर ३० टी ५०९१ नम्वरको मोटरसाइललाई अस्थायी प्रहरी पोष्ट बम नहरबाट खटिएका प्रहरीले शंकाष्पद अवस्थामा फेला परेका थिए ।
प्रहरी सहायक निरीक्षक संजिवकुमार साहको कमाण्डमा खटिएका टोलीले उक्त मोटरसाइकल र त्यसमा सवार दुर्गा भगवती गाउँपालिका–१ गंगापिपराका रामविनोद साहको २६ बर्षीय छोरा पुजन साहलाई चेकजाँच गर्दा कालो झोलाभित्र लुकाएर राखिएको गाँजा जस्तै देखिने सबा ५ किलो गाँजा फेला परेपछि नियन्त्रणमा लिए ।
पक्राउ परेका साह, बरामद गाँजा तथा मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरको हिरासतमा राखिएको सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन