कपिलबस्तु, ५ माघ । लुम्बनीमा रामजानकी हनुमान मन्दिर संगै मस्जिद बनाउनु पर्ने जस्ता गैर जिम्मेवार अव्यिक्ति दिए राष्ट्रिय सभाको सचेतक विवादमा तानिएका छन् ।
राष्ट्रिय सभाका सचेतक एवं नेकपा एमालेको केन्द्रीय सदस्य खिमलाल भटराईले एक कार्यक्रममा विवादस्पद अभिव्यक्ति दिएर विवादमा तानिएका हुन् । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा राम जानकी हनुमान मन्दिरको शिलान्यास कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भट्टराईले लुम्बिनीमा बुद्ध र राम जानकी हनुमान मन्दिरसगै मुस्लिम समुदायको लागि अत्याधुनिक मस्जिद पनि निर्माण गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिए ।
हिन्दु धर्मावलम्बीको कार्यक्रममा मुस्लिम समुदायको मस्जिद मदरसा निर्माण हुनुपर्ने धारणा राखेपछि भट्टराईको चर्को आलोचना भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले मन्दिरको शिलान्यास गरे । उनले कुनै विवादास्पद अभिव्यक्ति दिनबाट बचे पनि भट्टराईले लुम्बिनीमा मस्जिद निर्माण हुनुपर्ने बताएर विवादलाई निम्तो दिएका छन् ।
भट्टराईको उक्त अभिव्यक्ति पछि हिन्दु परिषद् नेपालका अध्यक्ष सन्तोष पटेलले चर्को विरोध गर्दै भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मस्जिद र मदरसा बनाउने अभिव्यक्ति दिनु आपत्तिजनक भएको बताए । पटेलले आफू मुस्लिम धर्मको विरोधी नभएको बताउँदै मस्जिद र मदरसाको लागी उक्त ठाउँ उपयुक्त नभएको बताए ।