विकासको कार्यलाई प्रदेश सरकार प्राथमिकता दिएको ः राज्य मन्त्री डा. डिम्पल झा

रौतहट, २० मंसिर । भौतिक पुर्वाधार विकास राज्य मन्त्री डा. डिम्पल झाले प्रदेशको विकास गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।
मत्सरी दुर्गा मन्दीरमा निर्माण सम्पन्न भएको धर्मशाला भवनको उदघाटन गर्दै राज्य मन्त्री झाले प्रदेश भित्र रहेको मठ मन्दिरको साथै समुचित रुपमा बाटो घाटोको निर्माण गरी प्रदेशलाई विकासको सुचीमा अगाडी बढाउने प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताउनु भएको हो ।
मत्सरी दुर्गा मन्दीरको साथै दुर्गा भगवती गाउँपालिकाको वृहत्तर हितको लागि प्रदेशबाट सक्दो बजेट विनियोजित गराएर बाटो, विद्यालय, खानेपानी, स्वास्थ्य लगायत हरेक क्षेत्रमा विकासको कामलाई द्रुत गतिमा अगाडी बढाइएको स्पष्ट पारे । आफू अस्वस्थ भएपनि जनताको चाहना अनुसार विकासको काममा अहोरात्री खटिरहेको हुँदा जनताहरुको माया र सदभाव कायम रहेमा दुर्गा भगवतीलाई नमूना गाउँपालिका बनाएर छाड्ने प्रतिबद्धता जनाए ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष तथा युवा नेता धर्मेन्द्र कुमार झाले (डिके) विकास निर्माणको दृष्टिकोर्णबाट गाउँपालिकाबाट उपेक्षित रहेको आफनो वडामा प्रदेश तथा संघिय सरकारबाट बजेट विनियोजन गरेर विकासको काम काज अगाडी बढाउनु पर्ने माग गरे । वडाबासीको चाहना अनुरुप पालिकाबाट बजेट नआउदा धेरै समस्या परिरहेको अवस्थामा बाहिरी बजेटबाट यहाँको जनतालाई विकासको अनुभुती गराइरहेको चर्चा गर्दै उनले मत्सरीको होनहार प्रतिनिधिहरुको ध्यान मत्सरी तर्फ केन्द्रीत भएमा पालिकाको मुख हेर्नुपर्ने अवस्था नरहने प्रतिक्रिया जनाए ।
दुर्गा मन्दीर मत्सरीको अध्यक्ष उमेश चौधरीको अध्यक्षतामा सम्पन्न उदघाटना सत्रमा दुर्गा भगवती गाउपालिकाको अध्यक्षका प्रत्यासी रतिनाथ झा, समाजसेवी भुजेन्द्र झा, शिक्षक विजय झा, शिक्षक उदयनारायण झा, नित्यानन्द झा, हेमचन्द्र झा सहित मत्सरी बासीको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
प्रदेश सरकारको १० लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त धर्मशाला उदघाटन सत्रमा जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य पुनम झाले विद्यापतीद्धारा रचित गित गाएर सुनाउनु भएको थियो ।