निर्माणाधिन रेल्वेट्रयाक बेडको गुणस्तर माथि स्थानीय बासिन्दाहरुले प्रश्न चिन्ह खडा गरे

   ५ माघ २०७८, बुधबार ०८:१९  

चन्द्रपुर (रौतहट), ५ माघ । पुर्व पश्चिम विद्युतिय रेलमार्ग अन्तर्गत बर्दिवास–निजगढ खण्डको चन्द्रपुरको सन्तपुरमा निर्माणाधिन रेलवे ट्रयाकबेडमा गुणस्तरहिन काम भईरहेको विरोध भईरहदा पनि उक्त कार्यको नियमित रुपमा अनुगमन एवं गुणस्तरिय कार्य सम्बध पक्षले गराएको देखिदैनन ।
गुणस्तरहिन काम गराउनमा निर्माण कम्पनीको कर्मचारी र नेपाल सरकारको कर्मचारीको मिलेमतोमा कमसल एवं गुणस्तरहिन काम हुदै आएको हो । प्रत्येक १५ सेन्टिमिटरमा रोलिङ गरेर काम गर्नुपर्नेमा रौतहटमा मापदण्ड अनुसारको काम हुन सकेको छैनन । रोलिङ नगरी माटो, ग्रेवल हालेका कारण गत बर्षा याममा रेलको ड्यामनै भत्केको थियो ।
एकझरी पानीमै भत्कने ड्यामले रेलको भार कसरी थेग्ला स्थानीय बासिन्दाहरुले प्रश्न गर्न थालेका छन् । रेल्वे जस्तो सम्बेदनशिल माथि नेपाल सरकारको ध्यान नपुगेको कारण रेल बिभागका कर्मचारीकै मिलेमतोमा रेलको काम गुणस्तरहिन हुदै आएको गुनासो उनीहरुले गरे ।
ट्रयाकबेड बनाउन मजबुतिको लागी मिक्स ग्य्राबेल र माटो राखेर प्रत्येक १५ सेन्टिमिटरमा रोलिङ गरी कम्पेक्सन गर्नुपर्नेमा निर्माण कम्पनीले पागो बालुवा राखेर रेलवे ट्रयाकबेड बनाईरहेको उनीहरु स्थानीय राजु तिमलसिनाले बताए ।
लामा गोल्डनगुड बिरुवा जेभिले रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ को सन्तपुर स्थित राजमार्गको दाया बायामा निमार्ण गरेको रेलवे ट्रयाकबेड कमसल सामग्रीको धमाधम प्रयोग गरेर काम गर्दै आएको छ । स्थानीयले कयौं पटक बिरोध जनाइ सकेका छन् तर सम्बध निकायको ध्यान नजादा उक्त गोरख धन्धा बन्द नभएको आरोप उनीहरुको छ । रेल मार्ग निमार्णको को क्रममा प्राबिधिकको बेवास्ताका कारण निर्माण कम्पनीले आफूखुसी गरेको स्थानीयको आरोप छ ।
यता रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना निजगढ बर्दिबास खण्ड साइट कार्यालय लालबन्दिका इन्जिनियर बोध भण्डारीले निर्माण कम्पनीले गुणस्तर हीन सामग्री प्रयोग गरेको पाइएपछि हटाएर पुन सम्झौता अनुरूप राख्न निर्देशन दिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै