बलिदानी दिवशको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक विदा

432 Shares

रौतहट, ५ माघ । प्रत्येक बर्ष मनाइने बलिदानी दिवशको अवसरमा आज बुधवार मधेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
तराई मधेसमा भएको अधिकार प्राप्तिका विभिन्न आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरुको सम्झनामा विगत चार वर्ष देखि मधेस सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।
यो दिनलाई स्मरण गर्दै प्रदेश सरकारले मधेसका सम्पूर्ण जिल्लामा विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउँदै आएको हो ।

सम्बन्धित समाचार