रौतहट, १४ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किनु अघि उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार बिदाइ भेट गरेका छन् ।
हिजो मंगलबार लैनचौर स्थित उपराष्ट्रपति कार्यालयमा भएको शिष्टाचार विदाई भेटघाटमा उपराष्ट्रपति यादवले राजदूत श्रीवास्तवलाई सफल कार्यकालका लागि बधाई दिँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन उनले खेलेको भूमिकाको सराहना गर्दै धन्यवाद व्यक्त गरे ।
उपराष्ट्रपति यादवले हालै आएको विनाशकारी बाढीका कठिन समयमा भारत सरकारले उपलब्ध गराएको मानवीय तथा विपद् सहायता सहयोग प्रति विशेष आभार व्यक्त गरे । साथै, विपद्बाट प्रभावित भारतीय नागरिक तथा पर्यटकका परिवारजन प्रति उनले गहिरो सहानुभूति र समवेदना प्रकट गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
भेटघाटका क्रममा यादवले श्रीवास्तवको कार्यकालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारतको सहयोग, दीर्घकालीन विद्युत् व्यापार सम्झौता तथा नेपाल–भारतबीचका द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउँदै सहकार्यलाई अघि बढाइएको विषयको खुलेर प्रशंसा गरे ।
दुई छिमेकी मुलुकबीच ऐतिहासिक, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धमा आधारित नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन श्रीवास्तवले पुर्याएको योगदानको सराहना गर्दै उपराष्ट्रपति यादवले उनको आगामी कार्यकाल तथा भविष्यका लागि शुभकामना दिए ।

यसअघि राजदूत श्रीवास्तव प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग पनि शिष्टाचार बिदाइ भेट गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री शाहले उनको कार्यकालको सराहना गर्दै नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा विकास साझेदारीलाई थप प्रगाढ बनाउने विषयमा भएका प्रयासबारे चर्चा गरे ।
बिदाइ भेटका क्रममा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारत बीचको सम्बन्ध अझ घनिष्ठ बनेको बताए । उनले नेपाल र नेपाली जनतासँग बिताएका अनुभव तथा सम्झनाहरू आफूले सदैव साथमा राख्ने उल्लेख प्रतिबद्धता जनाए ।
राजदूत श्रीवास्तवको कार्यकाल संगै उनको भारत सरकारको लागि जागिर अवधी समेत आज पुरा हुँदैछ । उनी आज देखिनै अवकाश भई सेवा निवृत्त कुशल कुटनीतिज्ञको भुमिकामा सदैव भारत सरकारले उनको साथ र योगदानलाई कदर गर्ने छ तराई टप अनलाईनले कामना गर्दै उनको अगामी यात्रा सुखद, सुमधुर, फलदायी रहोस भने शुभकामना व्यक्त गर्दछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन