मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगितामा राष्ट्रसेवक कर्मचारीद्धारा पत्रकार पराजित

   ५ माघ २०७८, बुधबार १७:५९  

रौतहट, ५ माघ । मधेश आन्दोलनको क्रममा शहातदत भएका वीर सहिदहरुको सम्मानमा नेपाल पत्रकार महासंघ रौतहट शाखाद्धारा आयोजित मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगितामा राष्ट्रसेवक कर्मचारी विजयी भएको छ ।
अमेरिकामा बस्ने नेपाली युवा प्रकाश भाई मधेशियाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ रौतहट शाखाको संयोजनमा वलिदानी दिवशको अवसरमा बुधवार गौर राइस मिल्सको खेल मैदानमा टि २० क्रिकेट प्रतियोगितामा राष्ट्रसेवक कर्मचारी ४८ रनको फराकिलो अन्तरबाट विजयी भएको हो ।


टस जितेर पत्रकार क्रिकेट टिमले राष्ट्रसेवक कर्मचारीलाई ब्याटिंग गर्न आमन्त्रण गरेका थिए । पत्रकार टिमको आमन्त्रणलाई स्वीकार्य गर्दै राष्ट्रसेवक कर्मचारीले निर्धारित २० ओभरको खेलमा १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १३५ रनको योगफल तयार पारे ।
१३६ रनको लक्ष्य लिएर नेपाल पत्रकार महासंघको टिम खासै प्रदर्शन गर्न सकेनन् । निर्धारित १७ ओभर २ बलमा सबै विकेट गमाई जाबो ८६ रन मात्रै बनाउन सके । फलस्वरुप राष्ट्रसेवक कर्मचारीबाट ४८ रनले पराजित हुन पुगे । कर्मचारीको तर्फबाट देवी अधिकारीले ४० रन बनाउनुको साथै दुई विकेट लिएर पत्रकार टिमलाई दवावमा राख्न सफल भएकोमा उनलाई मैन अफ दि म्याच घोषित गरियो ।
राष्ट्रसेवक कर्मचारीको तर्फबाट हुलाक कार्यालयको प्रमुख देवनाथ यादवले नेतृत्व गरेका थिए भने पत्रकारको तर्फबाट प्रभातकुमार झाले नेतृत्व गरेको थियो । दुवै जनाले मैत्रीपूर्ण खेलमा हारजीतको खासै महत्व नभएपनि विजयी टिमले उत्सव मनाउनु स्वभाविकै रहेको तापनि पत्रकार र राष्ट्रसेवक कर्मचारीको विच सम्बन्ध सुमधुर हुनुपर्ने बताए ।
समापन कार्यक्रममा मधेश प्रदेशका साँसद एवं प्रमुख अतिथि रामकिशोर यादवले पत्रकार र राष्ट्रसेवक कर्मचारीले सहादत दिवशको रुपमा मैत्रीपूर्ण खेलको माध्यमबाट विर सहिद प्रति देखाएका साहनभुतीको कदर गर्दै चिसोको पर्वाह नगरी खेल प्रदर्शन गरेकोमा दुवै टिमलाई बधाई दिए ।
जसपा नेता रेबन्त झाले बलिदानी दिवशको अवसरलाई सदुपयोग गर्दै यहाँ प्रदर्शन गरिएको खेल भावनाको सराहना गर्दै आउदो दिनहरुमा पनि यस्ता कार्यक्रमहरु संचालन गरी सहिद प्रति उच्च सम्मान प्रकट गरिनुपर्ने आवश्यक्ता महसुस गरे ।
सोही समापन समारोहमा सहिद परिवारलाई दोसल्ला र नगद रकम प्रमुख अतिथिले दिई सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासंघको सभापति प्रेमचन्द्र झाको सभापतित्वमा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै