धादिङ, १४ असोज । अविरल वर्षापछि पहिरो र सडक भासिएर प्रभावित बनेको पृथ्वी राजमार्ग आज दिउसोदेखि सबै प्रकारका सवारी साधनका लागि पूर्ण रूपमा सञ्चालनमा आउने काम युद्धस्तरमा भईरहेको छ ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले मंगलबार साँझ सूचना जारी गर्दै थप पहिरो तथा अन्य अवरोध नआए बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्गमा सबै किसिमका सवारी साधन पूर्ण रूपमा सञ्चालन गर्न सकिने जानकारी दिइन ।
असोज ७ गतेदेखि परेको अविरल वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएपछि यातायात प्रभावित भएको थियो । पहिरो हटाउने तथा सडकमा रहेका अन्य अवरोध पन्छाउने काम जारी रहेकाले यसअघि केही स्थानमा एकतर्फी रूपमा मात्रै सवारी आवागमन सञ्चालन हुँदै आएको थियो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेयद्वारा जारी सूचनामा पहिरो लगायतका अवरोध हटाउने काम भइरहेको र थप पहिरो वा अन्य अवरोध नआए बुधबार अपराह्न १ बजेदेखि राजमार्ग भएर चल्ने सबै सवारी साधन पूर्ण रूपमा सञ्चालनमा आउने उल्लेख छ ।
वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले प्रशासनले चालक, यात्रु तथा सर्वसाधारणलाई सावधानी पूर्वक यात्रा गर्न आग्रह गरे ।
प्रशासनले राजमार्गका जोखिमयुक्त स्थानहरूको पहिचान समेत गरेको जनाए । जोखिमयुक्त क्षेत्रमा सवारी साधन चलाउँदा विशेष सतर्कता अपनाउन र सम्भावित अवरोध तथा पहिरोको अवस्थाबारे सचेत रहन पत्रको माध्यमबाट आग्रह गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन