रौतहट, १५ असोज । रौतहटको बौधिमाई नगरपालिका–८ स्थित मौलापुर–बंकुल भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचना अनुसार, बुधबार राति मौलापुरबाट बंकुलतर्फ जाँदै गरेको बीआर ०५ एयु ०९०५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा परोहा नगरपालिका–९ का लालबाबु दासको २८ बर्षीय छोरा जितेन्द्र दासको घटनास्थमै मृत्यु भएको हो ।
दुर्घटनाको सूचना बिहीबार बिहान करिब ५ः३० बजेको समयमा प्रहरी चौकी बंकुलमा प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसीको कमाण्डमा टोली तथा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको संयुक्त टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गर्दा रातिको समयमा दुर्घटना भएको हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भी अनुसन्धानबाट बुझिन आएको डिएसपी बसन्त गौतमले बताए ।
मृतक दासको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको तथा घटनाको अन्य दृष्टिकोर्णबाट प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन