रौतहट, १५ असोज । सामाजिक सञ्जालमार्फत गालीगलौज तथा अभद्र टिप्पणी गरेको आरोपमा रौतहट प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार राजदेवी नगरपालिका–७, मुडबलवा निवासी अखिलेश यादवलाई सामाजिक सञ्जाल मार्फत गालीगलौज तथा अभद्र टिप्पणी गरेको आरोपमा निजलाई नियन्त्रणमा लिइएको हो ।
यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गौरको हिरासतमा राखिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको सामग्री तथा त्यसबाट उत्पन्न परिस्थितिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा अरू व्यक्तिको मान–प्रतिष्ठामा आँच पुग्ने, गालीगलौज गर्ने वा अभद्र तथा आपत्तिजनक सामग्री सार्वजनिक नगर्न आग्रह गरेको हो ।
यादवमाथि लागेको आरोप भने अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाए । घटनाबारे थप तथ्य अनुसन्धान पछि सार्वजनिक हुने बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन