सिरहा, १५ असोज । सशस्त्र प्रहरीको संयुक्त टोलीले सिरहाबाट एक टन भन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको छ ।
सशस्त्र प्रहरीको टोलीलाई देखेपछि लागुऔषध ओसारपसारमा संलग्न रहेका व्यक्ति गाँजा बोकेको बोलेरो र मोटरसाइकल छाडेर फरार भएको हो ।
सिरहाको सुखीपुर नगरपालिका–१० विश्वकर्मा चोकस्थित गागन खोलाको पुलमा बुधबार राति करिब साढे १२ बजे भएको कारबाहीका क्रममा २६ बोरामा राखिएको १ हजार १०२ किलो ६ सय ५५ ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाए ।
सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टका अनुसार विशेष सूचनाका आधारमा नम्बर ७ गण हेडक्वार्टर सिरहा, सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट खटिएका संयुक्त टोलीले उक्त गाँजा बरामद गर्न सफल भए ।
प्रहरीका अनुसार घटनास्थलबाट बा.१४ च २९४ नम्बरको फुलबडी बोलेरो र स.६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकल समेत नियन्त्रणमा लिएको डिआइजी भट्टले जानकारी दिए ।
ठूलो परिमाणमा बरामद भएपछि तस्करीको ठूलो खेलको संकेत ?
एकैपटक एक हजार एक सय किलोभन्दा बढी गाँजा बरामद हुनुबाट सिरहा ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको संकेत गर्दछ । गाँजा बोकेको गाडी र मोटरसाइकल समेत छाडेर तस्कर फरार हुनुका तथा बरामद भएको परिमाण ठूलो हुनुमा यसको स्रोत, गन्तव्य र संलग्न व्यक्तिको पहिचानतर्फ अनुसन्धान केन्द्रित हुने छ ।
सशस्त्र प्रहरीले बरामद गाँजा, बोलेरो र मोटरसाइकल सिरहा स्थित नम्बर ७ गण हेडक्वार्टरमा ल्याएको छ । फरार व्यक्तिको खोजी तथा थप अनुसन्धान भईरहेको र आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको डिआइजी भट्टले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन