रौतहट, १६ असोज । रौतहटको कटहरियामा एक पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसको सहचालक माथि मुद्दा दर्ता भएको छ ।
कटहरिया नगरपालिका–५ का हरदेव यादवका २२ वर्षीय छोरा सर्विन यादव विरुद्ध बिहीबार इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी परेपछि प्रहरीले जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दा दर्ता गरेको हो ।
इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकरप्रसाद आचार्यले पक्राउ गरिएका यादवलाई रौतहट जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भईरहेको छ ।
कटहरिया बजार स्थित द ड्रीम एकेडेमीको स्कुल बसमा सहचालक को रुपमा कार्यरत रहेका यादवले बुधबार बिहान विद्यालयमा अध्ययनरत आफ्ना दाजुलाई टिफिन पुर्याउन पुगेकी बालिकालाई यादवले विद्यालय परिसरबाट बाहिर बोलाएर नजिकै रहेको खाली छाप्रोमा लगेको गम्भीर आरोप लागेको छ ।
छाप्रोमा लगेपछि बालिका संग जबरजस्ती करणीको प्रयास गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिका त्यहाँबाट उम्किएर घर पुगेपछि आमालाई घटनाबारे जानकारी गराएकी प्रहरी श्रोतबाट बुझिएको छ ।
घटनाबारे परिवारले विद्यालय प्रशासनलाई जानकारी गराएपछि घटना सार्वजनिक नगर्न दबाब दिइएको आरोप समेत परिवारले लगाएको छ । उक्त आरोपबारे पनि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरियाबाट वरिष्ठ सई जयप्रकाश साहको नेतृत्वमा प्रहरी टोली विद्यालय पुगेको थियो । प्रहरीले विद्यालय परिसर तथा घटनास्थलको निरीक्षण गर्नुका साथै सीसीटीभी फुटेजको समेत जाँच गरियो ।
प्रहरीका अनुसार सीसीटीभी फुटेजमा यादवले बालिकालाई विद्यालय परिसरबाट नजिकैको छाप्रोतर्फ लैजाँदै गरेको देखिएको छ । त्यसपछि प्रहरीले यादवलाई विद्यालय परिसरबाटै नियन्त्रणमा लिएको जनाए ।
पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि बुधबार साँझ इलाका प्रहरी कार्यालय गरुडामा बुझाइएको थियो । बालिकाको स्वास्थ्य परीक्षण भइसकेको र घटनाको थप अनुसन्धान जारी रहेको इप्रका गरुडाका डिएसपी आचार्यले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन