जसपामा तिन अध्यक्षको व्यवस्था हुँदा पनि उपेन्द्र यादव एकल अध्यक्ष बनेपछि विवाद सुरु

464 Shares

रौतहट, ६ माघ । जनता समाजवादी पार्टी (जसपा) भित्र अध्यक्ष बन्ने होड्मा चरमा आन्तरिक विवाद उत्पन्न भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसँग र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले तीन अध्यक्षको व्यवस्था गर्न माग गरेपछि पार्टीभित्र विवाद उत्पन्न भएको हो ।
भट्टराईले अशोक राइलाई पनि अध्यक्ष बनाउनु पर्ने बताएपछि यादव र भट्टराइबीच विवाद उत्पन्न भएको छ । तत्कालिन केपी ओलीको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि यादव, भट्टराई र महन्थ ठाकुर एकै पार्टीमा अटाएका थिए । तर गत भदौमा महन्थ ठाकुरहरु फूटेर गएपछि भट्टराई अशोक राईलाई अध्यक्ष बनाउन माग गरेपछि विवाद बढेको स्रोतले जनाएको छ ।
परिषद् अध्यक्ष भट्टराईले नेतृत्व र पार्टीमा समावेशिता र सामूहिकता प्रकट नभएको भन्दै प्रश्न उठाएपछि विवाद बढेको हो । नेतृत्वमा सामूहिकता प्रकट नहुनु, समावेशी नहुनु, कार्यकारिणी समितिको बैठकका निर्णय सम्बोधन नहुनु, मन्त्री छनोटमा असमावेशी हुनु र पार्टी तथा सरकारबीच समन्वय नभएको विषय भट्टराइले उठाइरहेका बेला राइलाई पनि अध्यक्ष बनाउन प्रस्ताव गरेका हुन् । भट्टराईजीहरुले तेस्रो अध्यक्षको प्रस्ताव गरिरहनु भएको छु जुन संभव छैन, यादव निकट श्रोतले भने ।
भट्टराई पक्षका नेताहरूको दाबीमा अध्यक्ष यादवले पार्टीलाई सामूहिकताका आधारमा चलाउन सकेका छैनन् । केन्द्रीय कार्यकारिणी समितिमा उठेका मुद्दा र भएका निर्णयलाई कार्यान्वयनमा लैजानेभन्दा पनि टार्ने प्रवृत्ति यादवमा रहेको छ । कार्यकारिणी समितिको बैठकमा मन्त्री बनाउँदा समावेशी नभएको र भूगोल नमिलाएको लगायतका मुद्दा उठेका थिए । त्यस्तै, सरकार–पार्टीबीच समन्वय नभएको पनि प्रश्न उठेको थियो, तर त्यसलाई सम्बोधन गर्न अध्यक्ष यादवले कुनै पहल नगरेको भट्टराइले बताउदै आएका छन् ।
जसपाबाट अलग भई महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि जसपामा कार्यकारिणी अध्यक्षको एक पद खाली छ । ठाकुरले पार्टी छाडेपछि रिक्त सो पदमा भट्टराईलाई लगेर संघीय परिषदको अध्यक्षमा राईलाई ल्याउनुपर्ने माग छ । जसपा विधानमा दुईजना कार्यकारिणी अध्यक्ष हुने व्यवस्था छ । यादव पक्षधर नेताले भने जसपालाई एकल अध्यक्ष प्रणालीमा लैजानुपर्ने तर्क गरेका छन् ।
भट्टराईसँग निकट कार्यकारिणी समितिका सदस्य तथा पूर्वमहासचिव गंगानारायण श्रेष्ठ राष्ट्रिय चरित्रको पार्टी निर्माण गर्न र पार्टीलाई सामूहिक समावेशी नेतृत्व प्रणालीमा लैजान ३ वटा कलस्टरलाई समेटेर तीनजना अध्यक्ष बनाउनुपर्ने दावी गरेका छन् । ‘विधान अधिवेशन नहुँदासम्म अहिलेको विधानले व्यवस्था गरेअनुसार ३ वटा कलस्टर समेटेर तीन जना अध्यक्ष, २ कार्यकारिणी र १ संघीय परिषद् चयन गरौं भन्ने हाम्रो माग हो, श्रेष्ठले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।