विद्यालयको खाताबाट ‘व्यक्तिगत लाभ’ का लागि चेक काटेको आरोप, तत्कालिन प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष विरुद्ध छानबिन गर्न उजुरी दर्ता

0 Shares

तराई टप डेष्क
रौतहट, १६ असोज । रौतहटको दुर्गाभगवती गाउँपालिका–१ स्थित भुनेश्वरनाथ सामुदायिक प्राथमिक विद्यालयको बैंक खाताबाट सरोकार नभएका व्यक्तिको नाममा चेक काटी रकम निकालिएको गम्भीरु आरोप लागेका छन् ।
विद्यालयका तत्कालीन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले गैरकानुनी रूपमा रकम निकासा गरी व्यक्तिगत लाभ लिएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा पीडितहरुले प्रमाण सहित लिखित रुपमा उजुरी दर्ता गराएका हुन् ।
विद्यालयसँग सरोकार नै नभएका स्थानीय गंगाराम साह, मायानन्द साह, बन्हु साह, विश्वनाथ साह र परमानन्द साहले जिल्ला प्रशासन कार्यालय रौतहटमा संयुक्त रूपमा निवेदन दिँदै घटनाको आवश्यक छानबिन गरी कानुन बमोजिम दोषिहरुलाई कारबाही गर्न माग गरे ।
निवेदनमा तत्कालीन प्रधानाध्यापक बिणा देवी जयसवाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार चौधरी विरुद्ध विद्यालयको नाममा रहेको लक्ष्मी सनराइज बैंक, गंगापिपरा शाखाको चल्ती खाताबाट विभिन्न मितिमा चेक काटी रकम निकालिएको आरोप लगाइएको छ ।
उजुरी दर्ता गराउनेहरु बैंक स्टेटमेन्टमा देखिएको विवरणका आधारमा विद्यालयको नियमित कामसँग सरोकार नभएका व्यक्तिका नाममा चेक काटेर रकम भुक्तानी गरिएको दाबी गरे । उनीहरूले उक्त रकम निकासीको उद्देश्य र प्रयोगबारे छानबिन गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद पौडेललाई भेटेर उक्त माग गरे ।
उजुरीमा तत्कालीन प्रधानाध्यापक जयसवालको सरुवा भइसकेपछि पनि सम्बन्धित विद्यालयमा हाजिर नभएको अवस्थामा विद्यालयको बैंक खाताबाट चेक काटी रकम निकासा गरिएको दाबी समेत गरिएको छ । उजुरीमा उल्लेख भए अनुसार २०८३ जेठ २० गतेसम्म बैंक खाताबाट विभिन्न व्यक्तिका नाममा चेक काटिएको विवरण बैंक स्टेटमेन्टमा देखिएको उल्लेख छ ।
त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा रौतहट १ बाट निर्वाचित भइसकेपछि पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा कायम रहेको र त्यस अवधिमा समेत विद्यालयको बैंक खाताबाट विभिन्न व्यक्तिका नाममा चेक काटी रकम निकासा गरिनु दुर्भाग्यपूर्ण रहेको स्थानीय विरेन्द्र चौधरीले बताए ।
भुनेश्वर प्राविमा मात्रै २० देखि २५ जना दैनिक विद्यार्थीहरु उपस्थित हुने गरेको भएपनि दैनिक २०० सम्मको हाजिर देखाएर खाजा भत्तामा चरम अनियमितता गर्दै आएको उक्त कार्यमा गाउँपालिका देखि लिएर प्रअको संलग्नता रहेको समेत स्थानीय साहको आरोप छ ।
विगत १५ बर्ष देखि एउटै व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कसरी रहन्छ ? उनले प्रश्न गर्दै चौधरी विगतमा दुई प्रटक प्रदेश सभामा पराजित भएपनि एक पटक सम्म राजिनामा आएको देखिदैनन, अहिले झन् प्रतिनिधि सभामा निर्वाचित भएपनि उनी नै व्यवस्थापन समितिको अध्यक्ष रहनु र आर्थिक अनियमिता हुँदा समेत सम्बध निकाय मुकदर्शक बन्न विधिको शासन विरुद्धको कार्य भईरहदा बाध्य भएर जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएको छ ।
यदी यहाँबाट माग सम्बोधन नभएको खण्डमा माथिल्लो निकायहरुमा उजुरी दिने तयारी भईरहेको समेत उनले भने ।
उजुरीकर्ताहरु बैंक स्टेटमेन्टलाई प्रमाणका रूपमा पेश गर्दै सम्बन्धित व्यक्तिहरूलाई झिकाएर बयान लिने, बैंक कारोबारको विस्तृत छानबिन गर्ने तथा दोषी देखिए कानुन बमोजिम कारबाही गर्न माग उजुरीकर्ताहरुको रहेको छ ।
तत्कालिन प्रअ विणा जयसवालले दिवा खाजा तयार पार्न चालम, तरकारी, दुध, चिनी र ग्यासको आवश्यक पर्दछ, त्यही सामान लिन बर्षमा एक चोटी रकम आउने गरेपनि दैनिकी कार्य गर्नुपरेको बताइन् । सोही क्रममा सामान खरिद गरिका फर्मको विल नहुँदा व्यत्तिगत नाममै चेक काटिएको उनले भनिन । रहयो जेठ महिनामा चेक किन काटियो भने विगत पाँच बर्षको अडिट गरिए वापतको १ लाख ४० हजार दिइएको स्पष्ट पारिन । मेरो र माननियजीको संयुक्त हस्ताक्षरबाट खाता संचालन रहेका थिए । अहिले म अन्य विद्यालयमा आएर शिक्षकको रुपमा कार्यरत रहेको बताइन् ।
वर्तमान साँसद एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश चौधरीले स्थानीय बासिन्दाहरुको चाहना एवं इच्छालाई नकार्न सकिएन जसको फलस्वरुप व्यवस्थापन समितिको अध्यक्षमा रहीरहेको बताए । विद्यालयमा कुनै रकम छैन, जसको अनियमितता होस, विपक्षीहरुको अनावश्यक आरोप हो जसमा कुनै सत्यता छैन । हो दिवा खाजाको नाममा रकम आउछ, त्यसलाई नै दैनिक खाजाको रुपमा प्रयोग गरेवापत बर्षमा एक चोटी भुक्तानी दिदा खेरी अनावश्यक रुपमा बखेडा गरेको मात्रै रहेको भन्दै आरोपलाई सिधै अस्वीकार्य गरे ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद पौडेलले भुवनेश्वरनाथ प्राविमा आर्थिक अनियमतिता भएको भन्दै केही स्थानीयहरुद्धारा यस कार्यालयमा निवेदन दिएको स्वीकार्दै आवश्यक छानविन गरेर यर्थाथ कुरा पत्ता लगाउन आदेश दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।