रौतहट, १७ असोज । भारतबाट अवैध रूपमा नेपाल भित्र्याउदै गरिएका अवस्थामा ठूलो परिमाणको अन्तःशुल्क स्टिकर रौतहटमा सशस्त्र प्रहरीले बरामद गर्न सफल भएको छ ।
परोहा नगरपालिका–३ तेजापाकड एरियाबाट सशस्त्र प्रहरी बल नेपाल, बीओपी सरमुजवाको टोलीले हिजो साँझ बेवारिसे अवस्थामा अन्तःशुल्क स्टिकर बरामद गर्न सफल भएको हो ।
सशस्त्र प्रहरीका अनुसार बरामद स्टिकर नेपाल सरकार, आन्तरिक राजस्व विभागबाट जारी हुने ५० यूपी, १८० एमएल साइजको मदिराको बोतलमा टास गर्ने प्रकृतिका ६ रोल बरामद गरिएका छन् । प्रत्येक रोलमा करिब २० हजारका दरले कुल १ लाख २० हजार थान स्टिकर रहेको सशस्त्र प्रहरीले जनाए ।

प्रतिस्टिकर ८८ रुपैयाँ २० पैसा अन्तःशुल्क दरका आधारमा गणना गर्दा बरामद स्टिकरको मूल्य १ करोड ५ लाख ८४ हजार रुपैयाँ बराबर हुने सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वार्टर हजमिनिया रौतहट जानकारी दिए ।
बरामद भएका स्टिकर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय सिमराको जिम्मा लगाइएको छ ।
सशस्त्र प्रहरीले उक्त घटनामा प्रचलित आर्थिक ऐनअनुसार कानुनी प्रक्रिया अघि बढाइएको जनाए । सीमावर्ती क्षेत्रमा नक्कली वा अवैध अन्तःशुल्क स्टिकरको सम्भावित कारोबार तथा मदिराजन्य वस्तुको अवैध ओसारपसार रोक्न निगरानी थप कडा पारिएको सशस्त्र प्रहरील श्रोतबाट बुझिएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन