रौतहट, १८ असोज । रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित मदिना इँटाभट्टा उद्योगमा काम गर्न भारतबाट आएका ४२ जना कामदार तथा उनीहरूका आश्रित बालबालिका अलपत्र अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरेका छन् ।
महमद मुजामिलले सञ्चालन गरेको उक्त इँटाभट्टामा भारतीय ठेकेदार मार्फत काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक र ९ बालिका गरी ४२ जना अलपत्र परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट संयुक्त रुपमा प्रहरी परिचालन गरेर उनीहरुको सकुशल उद्धार गरिएका हुन ।
उनीहरूलाई इँटाभट्टामा ल्याउने भारतीय ठेकेदार सम्पर्क विहीन रहेको खुलेपछि तत्कालै उद्धारको पहल गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी एवं डिएसपी बसन्त गौतमले बताए ।
उद्धार गरिएका ४२ जना कामदार तथा उनीहरूका आश्रित परिवारलाई आइतबार साँझ ५ बजे ना.७ ख १६७५ नम्बरको बसमार्फत गौर भन्सारतर्फ पठाइएको उनले बताए ।
प्रहरीको पहलमा उनीहरूलाई भारतीय सीमा सुरक्षा बल एसएसबी, २० बटालियन, एफ कम्पनी, बरगनियाका थानालाई लगाइएको डिएसपी गौतमले भने ।
भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि कामका लागि आएका श्रमिक र उनीहरूका परिवार अलपत्र परेको घटनाले सीमावर्ती क्षेत्रमा ठेकेदारमार्फत ल्याइने श्रमिकको सुरक्षा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेपछि ती ठेक्केदारको खोजी कार्य जारी रहेको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन