आगो संग खेलबाद गरे नष्टनामुद हुने जनमत पार्टीलाई चेतावनी दिइन ः भौतिक पूर्वाधार मन्त्री रेणु यादव

रौतहट, ६ माघ । संघिय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणू यादवले मधेश आन्दोलनको क्रममा आफनो ज्यानको बाजी लगाएर शहादत प्राप्त गरेको कारण नै आज हामी यहाँ सम्म आइपुगेको बताइन् ।
वर्षौ बर्ष सम्म मधेशी जनताहरु आफनो पहिचान, अधिकारको लागि विभिन्न समयमा गरिएको आन्दोलनको जगमा स्थापित भएको मधेश प्रदेशको जगलाई बलियो बनाएने समेत उनले आग्रह गरिन ।
जनता समाजवादी पार्टीको युवा संगठन समाजवादी युवा संघले मधेश आन्दोलनका प्रथम शहीद रमेश महतो लगायतका शहीदहरुको बलिदानी दिवसको अवसर पारेर समाजवादी युवा संघ रौतहटले सदरमुकाम गौरमा बुधवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मधेशी जनतासंग घृणा गर्नेलाई मधेश प्रदेश नामकरणबाट ठूलो धक्का पुगेको टिप्पणी गरिन् ।
जनमत पार्टीका प्रमुख डाक्टर सीके राउतमाथि आक्रोश पोख्दै आगो संग खेलवाड नगर्न चेतावनी समेत दिइन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको खुट्टा टेकेर मतियार भइ मधेशमा आफ्नो पहिचान बनाउन लागेको भन्दै मन्त्री यादवले जसपासंग नभिड्न सचेत गराइन् । उनले भनिन्, सीके राउत मधेश विरोधी केपी शर्मा ओलीका दूत हुन, जसले मधेशी जनतालाई भ्रममा पार्ने काम गरिरहेको छ ।
जनता समाजवादी पार्टीलाई लक्षित गरी जनमत पार्टीका कार्यकर्ताहरुले गर्दै आएको कार्यक्रम आगामी चुनावी एजेण्डा मात्रै रहेको बताउंदै उनले आगो संग खेलवाड गर्ने प्रयास गरे नस्तानामुद भएर जाने चेतावनी दिइन ।
शहादत दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका नेता एवं मधेश प्रदेशका प्रदेश सांसद राम किशोर यादव, केन्द्रीय सदस्य रेवन्त झा बृजकिशोर यादव गौर नगरपालिकाका उपमेयर किरण ठाकुर लगायतका नेताहरुले आ आफ्नो धारणा विचार राखेका थिए भने कार्यक्रममा शहिद परिवारलाई सम्मान गरिएको थियो ।

