चोरी भएको मोटरसाइकललाई वर्कसपमा टुक्राटुक्रा पर्ने तीन जना रौतहट प्रहरीद्वारा गुजरा क्षेत्रबाट पक्राउ

0 Shares

रौतहट, २७ असोज । रौतहटको चन्द्रपुरबाट चोरी भएको २०० सीसीको एनएस मोटरसाइकल गुजारा नगरपालिका स्थित एक वर्कसपबाट पार्टपुर्जा खोलिएर टुक्राटुक्रा परिएको अवस्थामा प्रहरीले फेला पार्न सफल भएका छन् ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गएको २४ गते राति चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीबाट मधेश प्रदेश ०३–०४६ प ३६५२ नम्बरको एनएस मोटरसाइकल चोरी भएको थियो ।
चोरी भएको मोटरसाइकलको खोजतलास गर्ने क्रममा प्रहरीले असोज २५ गते बिहान करिब ६ः३० बजे गुजरा नगरपालिका–२ कटानी टोलस्थित शुभनारायण साहको घरमा सञ्चालित मोटरसाइकल वर्कसपमा मोटरसाइकलको ट्याङ्की, चक्का लगायतका पार्टपुर्जा खोलिएको अवस्थामा फेला पारेका थिए ।
स्थानीय बैधनाथ चौधरीका २४ बर्षीय छोरा राहुल चौधरीले वर्कसप संचालन गर्दै आएको जानकारी दिदै प्रहरीले मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा वृन्दावन नगरपालिका–१० का १९ वर्षीय अर्जुन चौधरी र पर्साको वीरगन्ज महानगरपालिका–३१ का १९ वर्षीय आनन्द गौरो र शिवशंकर दास थारूलाई नियन्त्रणमा लिएको बताइएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरको हिरासत कक्षमा राखेर आवश्यक अनुसन्धान तथा चोरी सम्बन्धी कसुरमा कारवाही चलाउने तयारी भईरहेको सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।