रौतहट, २८ असोज । रौतहटको चन्द्रपुर नगरपालिका–८ मोतीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
मधेश प्रदेश ०३–००१ क २८७८ नम्बरको मुनलाइट एकेडेमीको स्कुल बसले बुधवार विहान १०.५५ बजेको समयमा घरअगाडि सडक छेउमा खेलिरहेकी स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरी बसेको चपेटामा पर्दा निजको घटनास्थलमै मृत्यु भएको हो ।
बसको ठक्करबाट टाउकोको पछाडिको भागमा चोट लागेपछि बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाए ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाको कमान्डमा खटिएका प्रहरी टोलीले बालिकाको शव पोष्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको प्रहरीले उपलब्ध गराएको प्रेस नोटमा उल्लेख गरिएको छ ।
दुर्घटनामा संलग्न स्कुल बस जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा राखिएको छ भने बस चालक चन्द्रपुर नगरपालिका–४ का ४५ वर्षीय कान्छा राईलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन