रौतहट, २८ असोज । दशैं, तिहार तथा छठ पर्वको रमझम सुरु भएसंगै नेपाल–भारत सीमावर्ती क्षेत्रमा तस्करी कार्य ह्वातै बढेको छ ।
जिल्लाका मुख्य तथा सहायक नाकाहरू प्रयोग गर्दै दर्जनौ संगठित तस्कर समूहले अवैध कारोबारलाई तीव्र बनाइएको यथेष्ट प्रमाणहरु फेला परेको हो ।
स्थानीय श्रोतका अनुसार गौरको मुख्य भन्सार नाकादेखि ग्रामीण सीमावर्ती क्षेत्रसम्मबाट विभिन्न वस्तुको अवैध ओसारपसार निर्वाध रुपमा भइरहेको भएपनि सीमामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीकै सहयोगमा तस्करी भइरहेको आरोप लगाउँदै स्थानीयले सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाए ।
घरायसी प्रयोजनका लागि सीमापारिबाट सामान ल्याउने सर्वसाधारण माथि कडाइ गर्ने सुरक्षाकर्मीले संगठित तस्करलाई भने निर्वाध कारोबार गर्न दिएको कार्यबाट स्थानीयहरु सुरक्षाकर्मी माथि असन्तुष्ट बनेका छन् ।
स्थानीयका अनुसार गौरको मुख्य नाका तथा छेउछाउबाट रुपेश दास, मनोज साह, रोसन जयसवाल, मुकेश साह, निरज जयसवाल सहित दर्जनौं कारोवारीहरु तस्करी गरी ल्याइएका सामान भन्सार रोडस्थित विभिन्न घरमा भण्डारण गरेर अन्यत्र लैजाने गरेका हुन् ।
राजदेवी नगरपालिकासँग सीमा जोडिएको भारतीय क्षेत्रमा गोदाम राखेर समेत अवैध कारोबार भइरहेको बताइएको छ । चाडपर्व लक्षित व्यापारका लागि व्यवसायीले सामान भण्डारण गर्न थालेसँगै दक्षिणी सीमावर्ती क्षेत्रका विभिन्न चोरबाटो प्रयोग गरी सामान नेपाल भित्र्याउने क्रम बढेको स्थानीयको दाबी छ ।
ब्रह्मपुरी देखि बंकुल सम्म तस्करीको अपवित्र जालो
स्थानीय श्रोतका अनुसार गौरबाहेक ब्रह्मपुरी, लक्ष्मीनिया बेलबिछवा, महादेवपट्टी, बन्जरहा, औरैयाको मनमोहनद्वार, रामपुर खाप, नरकटिया र बंकुलल गायतका नाकाबाट समेत ठूलो परिमाणमा सामान ओसारपसार भइरहेको छ ।
ति नाकाहरुबाट भित्रयाइने उक्त सामानहरु विभिन्न बाटो भएर उत्तरी भेगमा गएर मुलुकको विभिन्न स्थानमा पुर्याउने केही व्यापारीहरु यतिखेर सक्रिय रहेका छन् ।
चाडपर्वका बेला सीमापार व्यापार तथा सामानको आवागमन बढ्ने भएकाले राजस्व चुहावट नियन्त्रण, प्रतिबन्धित वस्तुको ओसारपसार रोकथाम र सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल गौर गुल्मका प्रमुख दुर्गा भट्ट र भन्सार सुरक्षा चौकीका इन्चार्ज सहित त्यहाँ कार्यरत हवलदार रामनाथ रजक तथा भन्सार कार्मचारीको यतिखेर रजगज रहेको बताइन्छ । यिनीहरुले नै तस्करीको लाईन संचालन गराएको हुँदा व्यापारीहरु राजस्व तिर्नुको साटो राजस्व छलीमा चुर्लुम्म डुबेका श्रोतले बताउँछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन