कर्तव्य ज्यान कसुर सहित विभिन्न मुद्दामा फरार अभियुक्त बाबु थापालाई हतियार सहित पक्राउ

0 Shares

सर्लाही, २९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश राणबहादुर बमको हत्या प्रकरणमा संलग्न रहेका फरार प्रतिवादी सर्लाहीबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले बागमती नगरपालिका–१ का ४८ वर्षीय मेघराज भन्ने बाबु थापालाई उनकै घरबाट पक्राउ गर्न सफल भएका हुन् ।
सर्लाही प्रहरीले जारी गरेको प्रेस नोट अनुसार, विशेष सूचनाका आधारमा आज विहान थापा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी बेदप्रसाद गौतमले बताए ।
थापाको साथबाट दुई थान पेस्तोल, तीन थान म्यागजिन, १५ राउन्ड गोली, दुई थान मोबाइल र नगद ५ लाख १७ हजार ९९२ रुपैयाँ बरामद गरिएको उनले भने ।
बरामद भएका पेस्तोल मध्ये एउटामा ‘मेड इन युएसए’ लेखिएको जानकारी दिदै डिएसपी गौतमले पक्राउ परेका थापालाई हिरासतमा राखेर उनी माथि थप अनुसन्धान भइरहेको बताए ।
थापाविरुद्ध यसअघि हातहतियार तथा खरखजाना, सार्वजनिक शान्ति विरुद्धको कसुर, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराध र चोरी लगायतका ११ वटा मुद्दामा सर्वाधिक खोजीका सूचीमा रहेको डिएसपी गौतमले जानकारी दिए ।
तत्कालिन न्यायाधिश बमको हत्या गरेको आरोपमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतबाट उनलाई २० वर्ष कैद सजाय तोकिएको जारी प्रेस नोटमा उल्लेख छ ।
उनी केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेको अवस्थामा जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २३ गते कारागारबाट फरार भएको र त्यसपछि प्रहरीले उनको सर्वाधिक रुपमा खोजी गर्दै आएका थिए ।
कारागारबाट फरार भएको एक वर्षभन्दा बढी समयपछि उनी सर्लाही स्थित आफ्नै घरबाट पक्राउ परेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।