रौतहट, ६ माघ । गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले मधेशी जनताको लामो समय देखिको इच्छा, आकाँक्षा सहितको पहिचान कायम गराउने अभियानमा मधेश प्रदेश भएकोमा खुशी व्यक्त गरे ।
मधेशको लागि जीवननै उत्सर्ग गरेका वीर मधेशी समुतको सपना आज साकार भएको जिकिर गर्दै उनले मधेशी जनताहरु बर्षौ बर्ष देखि अधिकार विहिन भई नेपालमै दोश्रो दज्र्जाको नागरिकको रुपमा बस्नु परेको अवस्थामा विभिन्न कालखण्डको आन्दोलनबाट प्राप्त भएको उपलब्धको नतिजा आज मधेश प्रदेश भएको हो उनले भने ।
गौर नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको निःशूल्क लोक सेवा आयोग तयारी कक्षाको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मेयर गुप्ताले बर्षौ देखिको संघर्षको सफलता मधेशी जनताले प्रदेशको नाम मधेश प्रदेशबाट प्राप्त गरेको उल्लेख गरे । आफ्नो राजनीतिक सुरुवात नै नेपाल सदभावना पार्टीको भातृ संगठनबाट भएकोले मधेश प्रदेश तथा स्थायी राजधानी जनकपुरधाम भएकोमा हर्षित भएको बताए ।
मधेश आन्दोलनमा जीवनको बलिदानी दिएका वीर मधेशी शहिद प्रति श्रद्धाञ्जली अर्पण गर्दै मधेशी जनताले विश्व सामु आफ्नो पहिचान कायम गराउन सफल भएकोमा सबैप्रति आभार व्यक्त गरे ।