zoom for classroom download zoom app banned in india www zoom app download why zoom is showing connecting - why zoom is showing connecting zoom guitar lab 6.0 download free zoom windows app download for pc

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि

   ६ माघ २०७८, बिहीबार १०:३३  

रौतहट, ६ माघ । नेपाल आयल निगमले बुधवार मध्यराति देखि फेर पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
पेट्रोल र डिजेल मटितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्यवृद्धि गरेको हो । अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल÷मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएका छन् ।
आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।
पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै