रौतहटमा मोटरसाइकल चोरीको घटनामा वृद्धि, घरमै पार्किंग गरिएको अवस्थामा मोटरसाइकल चोरी

0 Shares

साँकेतिक तस्वीर

रौतहट, ७ कार्तिक । रौतहटको कटहरिया नगरपालिकाका कार्यपालिका सदस्य मनोजप्रसाद जयसवालको घरमा पार्किंग गरिएको अवस्थामा शुक्रवार राति मोटरसाइकल चोरी भएको छ ।
कटहरिया नगरपालिका स्थित बडेडवा गाउँमा रहेको जयसवालको पैत्रिक निवासबाट गए राति करिब १२ बजेको समयमा मोटरसाइकल चोरी भएको हो ।
घर पछाडि रहेको बैठक कोठामा राखिएको ना. ५२ प. ३४८१ नम्बरको पल्सर १५० सीसी मोटरसाइकलको लक तोडेर चोरी गरिएको बताइएको छ ।
जनप्रतिनिधिकै घरबाट मोटरसाइकल चोरी भएपछि स्थानीय क्षेत्रमा सुरक्षा अवस्था कस्तो होला ? चासो बढ्नु स्वभाविकै हो । घरको पछाडिपट्टि राखिएको मोटरसाइकल चोरी हुनु र चोरको पहिचान हुन नसक्नुबाट चोरी गिरोह कतिको शातिर रहेको पुष्टि हुन्छ ।
चोरी भएको मोटरसाइकलको खोजी तथा संलग्न व्यक्तिको पहिचानका लागि सम्बन्धित निकायले अनुसन्धान अघि बढाउन पिडित पक्षले प्रहरी समक्ष गुहार लगाए । मोटरसाइकल देख्ने वा चोरी सम्बन्धी कुनै जानकारी पाउने व्यक्तिलाई सम्बन्धित पक्षलाई सूचना दिएर सहयोग गर्न आग्रह गरिएको छ ।
घटनाबारे प्रहरीमा उजुरी परेको छ तथा सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको बताइएको छ ।
रौतहट जिल्लामा पछिल्लो समयमा मोटरसाइकल चोरीको घटना ह्वातै बढेको हुँदा नियमनकारी निकायले यस्ता चोरीको घटना माथि लगाम लगाउदै स्थानीय नागरिकको भौतिक सम्पत्तीको सुरक्षार्थ ठोस कदम चाल्नुपर्ने कटहरियाबासीहरुको धारणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।