विहिवार हुने भनिएको ५ दलिय समन्वय समितिको भनिएको बैठक स्थगित

   ६ माघ २०७८, बिहीबार १५:०३  

काठमाडौं, ६ माघ । स्थानीय तहको निर्वाचनको विषयलाई लिएर विहिवार अपरान्ह् प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनेको पाँच दलिय समन्वय समितिको बैठक स्थगित भएको छ ।
विहिवार अपरान्ह् ४ बजेको समयमा प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्न तय गरिएको थियो तर वैठकको तयारी पुरा नभएको हुँदा बैठक स्थगित गरिएको हो ।
यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै