राजपुर बमकाण्डको फरार अभियुक्त महताव आलम पक्राउ, दाईको निर्देशनमा मृतक एवं घाईतेलाई इटाभटामा जलाएको स्वीकारेको ः प्रदेश प्रहरीद्धारा पुष्टि

   २२ मंसिर २०७७, सोमबार १७:४०  

रौतहट, २२ मंसिर । २०६४ साल चैत २७ गते पहिलो संविधान सभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजपुर फरहदवा बमकाण्डमा सहभागी रहेको आरोपमा विगत १४ महिना देखि फरार रहदै आएका मोहम्मद महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका निलम्बीत सांसद एवंम् पूर्वमन्त्री मोहम्मद अफताब आलमको भाई महम्मद महताफ आलमलाई भारत विहार राज्यको पुर्वी चम्पारण जिल्लाको सदरमुकाम मोतिहारी स्थित राज होटलबाट प्रदेश नम्वर २ प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
राजपुर बम काण्डको आरोपमा १२ बर्ष पछि अर्थात २०७६ साल असोज २६ गते मुख्य आरोपी निलम्बीत साँसद आलमलाई पक्राउ गरिएपनि निजको कान्छो भाई महताव १४ महिना देखि फरार रहेका थिए । उनलाई विहारको मोतिहारी स्थित राज होटलबाट पक्राउ गरिएको प्रहरी श्रोतबाट बुझिएको छ । मोतिहारीको राज होटलमा लुकीछिपी बसेको तथा त्यहीबाट आफना गतिविधिहरु संचालन गर्दै आएको खवर प्राप्त भएपछि प्रदेश २ प्रहरी कार्यालयबाट खटिएका प्रहरीको गहन रेकी पछि मोतिहारी प्रहरीको सहयोगमा आलमलाई आईतवार दिउसो ४ बजेको समयमा पक्राउ गरिएको श्रोतको दाबी छ ।
पहिलो संविधानसभा निर्वाचनको समयमा २०६४ चैत २७ गते राती राजपुर नगरपालीका ४ र साबिकको राजपुर गाबिस ४ स्थित आलमको काका एवं नेपाली काँग्रेसका स्वर्गीय नेता शेख इद्रीशको घरमा बम बिस्फोट हुदा घाईते यमुनामाई गाउपालीका ४, साबिक सरुअठा ४ का पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसि अख्तरलाई जीउदै चिम्नि भट्टामा जलाएर हत्या गरेको आरोप आलम माथि लागेको छ ।
उक्त घटनामा मुख्य आरोपी रहेका पूर्वमन्त्री एवम काग्रेस नेता आफताब पूर्पक्षको लागि २०७६ साल कात्तिक २९ गते जिल्ला अदालत रौतहटले पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएपछि सोही समय देखी काठमाडौस्थित नक्कु कारागारमा पुर्पक्षका लागि कारागारमा रहेका छन ।
पुर्बमंन्त्रि आफताब आलम र उनका भाई महताब आलम लगायत ११ जना माथि कर्तब्य ज्यानको मुद्दा प्रहरीले चलाएको थियो । उक्त घटनामा प्रहरीले अनुसन्धानले संलग्न देखाएका मध्ये ५ जना पक्राउ परिसकेको जिल्ला प्रहरी रौैतहटले जनाएको छ भने ६ जना अझै फरार रहेका छन् ।
यसैविच प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले सोमवार प्रेस विज्ञप्ती जारी गर्दै ५५ बर्षिय महताव आलमलाई रौतहटको बौधीमाई नगरपालिका ७ स्थित बडकी बंकुल स्थित सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको दाबी गरेको छ । प्रारम्भीक अनुसन्धानमा निजले आफनो दाई आफतावको निर्देशनमा घटना लुकाउने उद्देश्यबाट विस्फोटमा परी मृत्यु तथा घाईते भएका व्यक्तिहरुलाई टे«क्टरमा राखि इटा भटामा जलाएको स्वीकार गरेको प्रदेश प्रहरीका प्रवक्ता एवं सुचना अधिकारी एसपी कृष्ण प्रसाईद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै