नेपाली क्रिकेट टिमको घोषणा, जितेन्द्र मुखियाको पुनरागमन

रौतहट, ६ माघ । अगामी फेब्रुअरीमा ओमान हुन लागेको टि–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टिमको घोषणा । घोषित टिममा रौतहटको जितेन्द्र मुखियाको पुनरागमन भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले विहिवार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरिएको हो ।
घोषित टोलिमा भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका जितेन्द्र मुखिया, लोकेश बम, विवेक यादव र प्रदीप ऐरीले आफनो स्थान बनाउन सफल भएको छ । टिममा नियमित रुपमा स्थान बनाइरहेका सोमपाल कामी यसपटक टिममा पर्न सकेनन् । यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पनि अन्तिम टोलीमा परेनन् ।
जितेन्द्र र प्रदीपले टिममा पुनरागमन गरेको छ भने लोकेश र विवेकले पहिलो पटक टिममा स्थान बनाएका हुन् ।
नेपाली टिम
सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शाहब आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम लाई समावेश गरिएको क्यानले जनाएको छ ।