सिरहा, १० कार्तिक । सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् ।
घटनामा संलग्न रहेको आरोपमा खोजी गरिरहेका अनवरलाई प्रहरीले आइतबार राति गोलबजार क्षेत्रबाट पक्राउ गरेको विभिन्न मिडिया रिपोर्टमा उल्लेख रहेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार अनवरविरुद्ध परेको जाहेरीका आधारमा पक्राउ गरी घटना सम्बन्धी अनुसन्धान अघि बढाइएको छ । प्रहरी प्रवक्ता एवं डिएसपी रमेशबहादुर पालले उनीमाथि कानुनी प्रक्रिया अनुसार अनुसन्धान भइरहेको जानकारी दिए ।
सुनसरीको देवानगञ्जमा गत साउन १० गते भएको घटनापछि सिरहाको गोलबजारमा साउन १४ गते अर्को घटना भएको थियो । गोलबजारमा भएको घटनाका क्रममा दंगा भड्काउने, तोडफोड गर्ने तथा आगजनीका गतिविधिमा वडाध्यक्ष अनवरको मुख्य भूमिका संदिग्ध रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’ ले प्रहरीमा किटानी जाहेरी दिएको थियो ।
उक्त जाहेरीपछि प्रहरीले अनवर माथि अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । सिरहा प्रहरीले जिल्ला अदालतबाट अनवरलाई पक्राउ गर्न अनुमति लिएर उनको खोजी गरेका थिए । पक्राउ गर्न अनुमति जारी भएपछि पनि उनी लामो समयसम्म प्रहरीको सम्पर्कमा नआएपछि खोजतलासलाई तीव्र पारिएको थियो।
प्रहरीले आइतबार राति उनलाई नियन्त्रणमा लिएसँगै घटना सम्बन्धमा थप अनुसन्धान कार्यलाई अघि बढाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन