ठूलो आवाज निकाल्ने दुई मोटरसाइकल नियन्त्रणमा

0 Shares

स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि कारबाही, जनगुनासो बढेपछि ट्राफिक प्रहरी सक्रिय भएर दुई बाईक नियन्त्रणमा लिन सफल

रौतहट, १० कार्तिक । मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गर्ने दुईवटा मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएको छ ।
सर्वसाधारणबाट मोटरसाइकलको चर्को आवाजले सास्ती दिएको भन्दै व्यापक जनगुनासो बढेपछि ट्राफिक प्रहरीले विशेष सक्रियता देखाउँदै सोमवार राति दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
मोटरसाइकलमा विभिन्न किसिमका स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्ने गतिविधिले स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई असहज बनाउनुका साथै ध्वनि प्रदूषण समेत बढाउने गरेको गुनासो प्रहरी समक्ष पुगेको पछि प्रहरीले त्यस्ता गतिविधि माथि निगरानी बढाउँदै कारबाही प्रक्रिया अघि बढाएको जनाए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले नियन्त्रणमा लिइएका दुवै मोटरसाइकल माथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको बताए ।
सवारीसाधनको स्वरूप परिवर्तन गरी अनावश्यक रूपमा चर्को आवाज निकाल्ने प्रवृत्ति नियन्त्रण गर्न ट्राफिक प्रहरीले सक्रियता बढाएको उनले भने । सवारीसाधनको अनधिकृत स्वरूप परिवर्तन, चर्को आवाज तथा ध्वनि प्रदूषणबाट सर्वसाधारणलाई हुने असुविधा कम गर्न प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाए ।
ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई सवारीसाधनको निर्धारित स्वरूप कायम राख्न, अनावश्यक आवाज निकाल्ने गतिविधि नगर्न र ट्राफिक नियमको पालना गर्न ट्राफिक प्रहरी निरीक्षक मगरले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।