रौतहट, ६ माघ । भारतको मुम्बईमा जोखिमपूर्ण कार्यहरु गरिरहेको अवस्थामा १२ जनालाई उद्धारा गरेर नेपाल ल्याएका १२ जना बालक एवं किशोरलाई माइती नेपालले उनीहरुको अभिभावकलाई जिम्मा लगाएको छ ।
१ बर्ष देखि १८ बर्ष उमेर समुहका ति बालक एवं किशोरहरुलाई मंगलवार साँझ भारतको मुम्बईबाट माइती नेपालले उद्धार गरेर वीरगञ्ज ल्याएका थिए । रौतहटको ७, महोत्तरीको २, कैलाली, धनगढी र कपिलबस्तुका १÷१ जना गरी १२ जना बालकहरुलाई बुधवार वीरगञ्जमा उनीहरुको अभिभावकलाई जिम्मा लगाई घर पठाइएको माइती नेपाल वीरगञ्ज आवधिक गृह प्रमुख संगिता पुरीले बताइन् ।
मजदुरीका लागि मुम्बई उनीहरुलाई लगिएको थियो । सन् २०२१ को जुलाई ७ तारेखमा भारतको मुम्बई पुगेका उनीहरूलाई त्यहाँको कुरल रेल्वे स्टेसनबाट भारतीय प्रहरीले उद्धार गरेको थियो । त्यसपछि ती बालकहरूलाई भारतीय प्रहरीले मुम्बईस्थित बाल कल्याण कमिटीको जिम्मा लगाएको थियो ।
कमिटीले माइती नेपालसँग समन्वय गरी बालकहरूको स्वदेश फिर्तीको पहल गरेपछि मुम्बईस्थित माइती नेपालको मिसिङ रेस्क्यू अपरेसन टिमले सक्रियता देखाएर बालकहरूको स्वदेश फिर्ता ल्याएर उनीहरुको अभिभावकलाई जिम्मा लगाएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन