जियोको ऐतिहासिक इन्ट्री, सेयर २१ प्रतिशतले उकालो लाग्योः बजार पुँजीकरण १३१.५ अर्ब डलर

0 Shares

मुम्बइ (भारत), ११ कार्तिक । भारतीय अर्बपति मुकेश अम्बानीको दूरसञ्चार तथा प्रविधि कम्पनी रिलायन्स जियो प्लेटफम्र्सले सेयर बजारमा ऐतिहासिक प्रवेश गरेको छ ।
बुधबार मुम्बईको सेयर बजारमा सूचीकृत भएसँगै कम्पनीको सेयर निष्कासन मूल्यभन्दा २१ प्रतिशतले उकालो लागेको हो । यससँगै करिब १३१.५ अर्ब अमेरिकी डलर बजार पुँजीकरण सहित जियो भारतको दोस्रो ठूलो कम्पनी बनेका छन् ।
करिब दुई दशकपछि रिलायन्स समूहको व्यवसायसँग सम्बन्धित यो महत्वपूर्ण सूचीकरणलाई अम्बानीको व्यावसायिक विस्तार योजनामा निर्णायक कदमका रूपमा हेरिएको छ । तेल तथा रसायन उद्योगबाट उपभोक्ता उत्पादन, दूरसञ्चार र प्रविधि सम्म आफ्नो व्यवसाय विस्तार गर्दै रिलायन्सलाई बहुआयामिक कम्पनी बनाउने उनको रणनीतिलाई यसले थप बल दिएको छ ।
५३ करोड भन्दा बढी ग्राहक, विश्वकै ठूलो दूरसञ्चार बजार मध्येको एक
रिलायन्स जियोले भारतमा ५३ करोड भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । कम्पनीलाई सामाजिक सञ्जाल तथा प्रविधि क्षेत्रका विश्व व्यापी कम्पनी मेटा प्लेटफम्र्स र गुगलको मूल कम्पनी अल्फाबेटको समर्थन पनि प्राप्त गरेको छ ।
एउटै देश भित्रका ग्राहक संख्याका आधारमा जियोलाई चीनको चाइना मोबाइल पछि विश्वकै दोस्रो ठूलो दूरसञ्चार कम्पनीका रूपमा प्रस्तुत गरिएको छ । भारतको विशाल डिजिटल बजार र इन्टरनेट सेवाको बढ्दो मागले कम्पनीको व्यावसायिक सम्भावनालाई थप बलियो बनाए ।
१,११९ रुपैयाँको निष्कासन मूल्य, कारोबार १,३५८ रुपैयाँमा
बुधबार सेयर कारोबार सुरु हुँदा जियोको सेयर मूल्य प्रतिकित्ता १,३५८ भारतीय रुपैयाँ पुगेको थियो, जबकि निष्कासन मूल्य १,११९ रुपैयाँ थियो । यसले प्रारम्भिक कारोबारमै लगानीकर्ताको उल्लेखनीय आकर्षण देखाएको छ । कम्पनीको बजार पुँजीकरणले दूरसञ्चार क्षेत्रको भारती एयरटेल र वित्तीय क्षेत्रको एचडीएफसी बैंकलाई समेत पछाडि पारेको जारी विवरणमा उल्लेख छ ।
फिडेन्ट एसेट म्यानेजमेन्टका संस्थापक ऐश्वर्य दधीचका अनुसार आईपीओको मूल्यले लगानीकर्तालाई मूल्याङ्कनका आधारमा प्रवेश गर्ने अवसर दिएको थियो । तर सूचीकरण पछिको मूल्यले बजारमा कम्पनी प्रति उच्च आशावाद रहेको संकेत गरेको उनले बताए ।
सूचीकरण समारोहमा भावुक देखिए मुकेश अम्बानी

मुम्बईमा आयोजित सूचीकरण समारोहमा मुकेश अम्बानीको परिवारका सदस्यहरू उपस्थित थिए । जियोका प्रबन्ध निर्देशक तथा उनका जेठा छोरा आकाश अम्बानीले मञ्चमा सम्बोधन गर्नुअघि आमाबुवाको खुट्टा छोएर परम्परागत रूपमा सम्मान प्रकट गरेका थिए ।
अम्बानी परिवारका तीनै सन्तानले समारोहमा सम्बोधन गरिरहँदा मुकेश अम्बानी भावुक देखिएका थिए । उनका आँखाबाट आँसु झरेको दृश्यले समारोहमा उपस्थितहरूको ध्यान आकर्षित गरे ।
फोब्र्सका अनुसार एसियाका सबैभन्दा धनी व्यक्तिमध्ये अग्रस्थानमा रहेका अम्बानीले पारिवारिक उत्तराधिकार व्यवस्थापनका लागि वर्षौंदेखि योजना बनाउँदै आएका छन् । सन् २००२ मा पिता धिरुभाई अम्बानीको निधनपछि मुकेश र उनका भाइ अनिल अम्बानीबीच उत्पन्न भएको सार्वजनिक व्यावसायिक विवाद दोहोरिन नदिन उत्तराधिकार योजना महत्वपूर्ण मानिएको छ ।
कर्मचारीका लागि विशेष उत्सव
सेयर सूचीकरणको खुसीयालीमा रिलायन्सले मुम्बई नजिकै रहेको आफ्नो ठूलो कार्यालयमा कर्मचारीहरूका लागि विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । आन्तरिक सूचना अनुसार कार्यक्रममा सांगीतिक प्रस्तुति तथा अन्य सांस्कृतिक गतिविधि समावेश गरिनेछ ।
जियोको सूचीकरणले भारतीय सेयर बजारमा प्रविधि तथा दूरसञ्चार क्षेत्रको बढ्दो प्रभावलाई उजागर गरेको छ । यद्यपि, सूचीकरण पछिको तीव्र मूल्यवृद्धिले कम्पनीको वास्तविक मूल्याङ्कन र भविष्यको व्यावसायिक वृद्धिबारे लगानीकर्ताको अपेक्षालाई पनि चर्चामा ल्याएको छ ।
रोयर्टसको सहयोगमा तयार पारिएको समाचार

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।