‘अर्नब’ चक्रवातको प्रकोपः आन्ध्र प्रदेशमा ३ जनाको मृत्यु, ३१ घरमा क्षति; ५७ हजार विस्थापित

0 Shares

आन्ध्र प्रदेश, ११ कार्तिक । भारतको आन्ध्र प्रदेशमा ‘अर्नब’ चक्रवातको प्रभावले जनजीवन प्रभावित भएको छ ।
समुद्री चक्रवातका कारण अहिले सम्म तीन जनाको मृत्यु भएको छ भने ३१ वटा घरमा क्षति पुगेको र करिब ५७ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) ले जनाएको हो ।
एनडीआरएफका महानिरीक्षक नरेन्द्र सिंह बुन्देलाले बुधबार आयोजित पत्रकार सम्मेलनमा आन्ध्र प्रदेशको उत्तरी क्षेत्र र ओडिसाको दक्षिणी भाग चक्रवातबाट सबैभन्दा बढी प्रभावित भएको जानकारी दिए । ती क्षेत्रका विभिन्न जिल्लामा तीव्र हावाहुरी र वर्षा भइरहेको उनले बताए ।
उनका अनुसार आन्ध्र प्रदेशमा रूखहरू ढलेका छन् भने विभिन्न प्रकारका ३१ वटा घरमा क्षति पुगेको छ । प्रारम्भिक जानकारी अनुसार चक्रवातका कारण तीन जनाको ज्यान गएको छ ।
चक्रवात कमजोर हुँदै, थप वर्षाको जोखिम
चक्रवात पुडुचेरीको यानम नजिकै जमिनमा प्रवेश गरेको थियो । त्यसपछि यो ‘अत्यन्त गम्भीर चक्रवाती आँधी’ बाट कमजोर हुँदै ‘गम्भीर चक्रवाती आँधी’ मा परिणत भएको अधिकारीहरूले बताए ।
एनडीआरएफका महानिरीक्षक बुन्देलाका अनुसार चक्रवात क्रमशः कमजोर हुँदै चक्रवाती आँधी र त्यसपछि गहिरो न्यून चापीय क्षेत्रमा परिणत हुने अनुमान गरिएको छ । यद्यपि, चक्रवात कमजोर भए पनि आन्ध्र प्रदेश, ओडिसा तथा आसपासका क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक रहेको उनले स्पष्ट पारे ।
३९ उद्धार टोली परिचालन
सम्भावित जोखिमलाई ध्यानमा राख्दै एनडीआरएफले आन्ध्र प्रदेश र ओडिसा सहित प्रभावित हुन सक्ने विभिन्न क्षेत्रमा कुल ३९ वटा उद्धार टोली परिचालन गरिएको छ ।
छत्तीसगढ, झारखण्ड, पुडुचेरी, तेलंगाना तथा अन्डमान–निकोबार टापुहरूमा समेत आवश्यकता अनुसार उद्धार तथा राहत कार्यका लागि टोली परिचालन गरिएको महानिरीक्षक बुन्देलाले जानकारी दिए । उनका अनुसार मंगलबार राति आन्ध्र प्रदेशमा थप चारवटा एनडीआरएफ टोली पठाइएको थियो ।
५७ हजार मानिस सुरक्षित स्थानमा सारिए
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशमा करिब ५७ हजार मानिसलाई राहत शिविरमा स्थानान्तरण गरिएको छ । यस्तै, मंगलबार राति यानम क्षेत्रबाट ३८ जनालाई सुरक्षित स्थानमा सारिएको एनडीआरएफले जनाएको भारतीय संचारमाध्यममा उल्लेख गरिएको छ ।
केन्द्र सरकार तथा आन्ध्र प्रदेश र ओडिसाका विपद् व्यवस्थापन निकाय उद्धार, राहत र सम्भावित जोखिम नियन्त्रणका लागि तयारी अवस्थामा रहेको अधिकारीहरूले बताए ।
चक्रवातको तीव्रता घट्दै गए पनि सम्भावित वर्षा, हावाहुरी र बाढीजन्य जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।