कराँची (पाकिस्तान), १२ कार्तिक । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा एम्बुलेन्सभित्र राखिएको अक्सिजन सिलिन्डर विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बुधबार राति थारपारकर जिल्लाको नगरपारकर सहर स्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएका थिए । घटनापछि उक्त क्षेत्रमा त्रास फैलिएको छ भने विस्फोटको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरिएका हुन् ।
विस्फोटमा घाइते भएका चारै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कराची लगिएको अधिकारीहरूले बताए । मृत्यु भएकाहरूको शव पहिचानका लागि स्थानीय अस्पतालमा राखिएको जनाइएको छ ।
घटनाको वास्तविक कारण पत्ता लगाउन मिरपुरखास र कराचीबाट विशेषज्ञ टोली बोलाइएको प्रहरीले जनाए । विशेषज्ञ टोलीले घटनास्थलबाट प्रमाण संकलन तथा परीक्षण गरी अक्सिजन सिलिन्डर विस्फोट हुनुको कारणबारे अनुसन्धान गर्नेछ ।
विस्फोट कसरी भयो र त्यसमा अन्य कुनै कारण संलग्न थियो वा थिएन भन्ने विषय अनुसन्धान पछि मात्रै स्पष्ट हुने पाक अधिकारीहरूले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन