रौतहट, १३ कार्तिक । रौतहटको गौर नगरपालिका–८ पुरेनवा स्थित आँखा अस्पताल मोडमा शुक्रबार बिहान यात्रुबाहक विद्युतीय (ईभी) भ्यान पल्टिएर दुर्घटना भएको छ ।
प्राप्त जानकारी अनुसार बागमती प्रदेश ०६–००१ ज ०७८९ नम्बरको ईभी भ्यान शुक्रबार बिहान दुर्घटनामा परेको हो । गौरबाट काठमाडौं सम्म गुड्न इभी भ्यान सडकबाट खेतमा पल्टिएपछि दुर्घटनाको खबर सामाजिक सञ्जाल मार्फत प्राप्त भएका छन् ।
दुर्घटनापछि भ्यानमा सवार यात्रुहरूको संख्या र उनीहरूको अवस्थाबारे सुरुमा आधिकारिक जानकारी प्राप्त हुन सकेको थिएन । स्थानीय स्रोतबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको समयमा उक्त भ्यानमा कुनै यात्रु नरहेको र चालक सामान्य अवस्थामा रहेको बुझिएको छ ।
आँखा अस्पताल मोडमा भएको यस दुर्घटनाले स्थानीयवासीको ध्यानाकर्षण गराएको छ । बिहानै भएको दुर्घटनाका कारण घटनास्थलमा चासो बढेको छ ।
दुर्घटना कसरी भयो, भ्यान अनियन्त्रित भएर पल्टिएको हो वा अन्य कुनै कारणले दुर्घटना भएको हो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन