ब्रेकिङः गौरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त छापा, ११ लाखभन्दा बढीको कपडा बरामद

0 Shares

रौतहट, १३ कार्तिक । रौतहटको गौरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा एक कारोबारीको घरमा छापा मार्दा ११ लाख रुपैयाँभन्दा बढी मूल्यको कपडा बरामद गरेका छन् ।
विशेष सूचनाका आधारमा बिहीबार राति करिब ११ बजे गौर नगरपालिका–१ स्थित मनोज साह (छोट्का) को घरमा सुरक्षाकर्मीले छापा मारेका थिए । छापाका क्रममा भन्सार छली गरी भित्रर्याइएको आशंका गरिएको ठूलो परिमाणको कपडा बरामद भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हेडक्वाटरका एसपीको विशेष निर्देशनमा सशस्त्र प्रहरी बल नेपाल गौर गुल्मका डीएसपी दुर्गाप्रसाद भट्ट र भन्सार सुरक्षा गार्डका वरिष्ठ प्रहरी नायव निरीक्षकको संयुक्त कमाण्डमा खटिएको सुरक्षाकर्मीको टोलीले उक्त कारबाही गरेको स्रोतले जनाए ।
प्रारम्भिक जानकारीअनुसार बरामद कपडाको मूल्य ११ लाख रुपैयाँभन्दा बढी रहेको छ । बरामद सामानको परिमाण, प्रकृति तथा राजस्व सम्बन्धी विषयमा आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी स्रोतले जनाए ।
चाडपर्वको मौका छोपेर सीमावर्ती क्षेत्रबाट अवैध रूपमा सामान भित्रर्याई राजस्व छली गर्ने गतिविधि माथि निगरानी बढाउने क्रममा उक्त कारबाही गरिएको बताइएको छ ।
बरामद कपडाको विस्तृत विवरण, वास्तविक मूल्यांकन तथा थप कानुनी प्रक्रियाबारे केही समयपछि आधिकारिक जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
गौरसहित रौतहटका सीमावर्ती क्षेत्रमा पछिल्लो समय भन्सार छली तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।