रौतहट, १४ कार्तिक । बागमती नदीको तटीय आसपासका क्षेत्रमा बाढीको जोखिम उच्च रहेको हुँदा जिल्ला प्रशासन कार्यालय रौतहटले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
मकवानपुरमा रहेका इन्द्रसरोबर अर्थात कुलेखानी जलाशयको जलसतह खतराको सतह भन्दा बढ्दै गएपछि ड्यामको ढोका खोल्नु अघि मकवानपुरका सिडिओले रौतहटका सिडिओलाई फोन गरेर साबधानी अपनाउन भनेपछि रौतहट प्रशासनले उक्त आग्रह गरेका हुन् ।
कुलेखानी जलाशयको ड्याम खुलेपछि बागमती नदीमा पानीको बहाव समेत बढ्न सक्ने भन्दै प्रशासनले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा जोखिमयुक्त गतिविधि नगर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी हेमराज फुयाँलले जारी गरेको सूचना अनुसार, नेपाल विद्युत् प्राधिकरण अन्तर्गत कुलेखानी प्रथम जलविद्युत् केन्द्र, धोर्सिङ, मकवानपुरबाट प्राप्त जानकारीका आधारमा कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह शनिबार दिउँसो १२ बजे १५२८.१५ मिटर पुगेको छ ।
पानीको बहाव र जलाशयमा भइरहेको वृद्धिदरका आधारमा शनिबार साँझ करिब ४ बजे सम्म जलसतह १५२९.०० मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
जलाशयको जलसतह १५२८.५० मिटर पुगेपछि पूर्व सतर्कता स्वरूप पहिलो साइरन चेतावनी बजाइने तथा एसएमएस अलर्ट (क्ःक् ब्भिचतक) प्रवाह गरिने उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जलसतह बढ्दै जाँदा बाँधका मुख्य गेटहरू खोल्नुपर्ने अवस्था सिर्जना भएको र त्यसबाट मुख्य ड्यामको तल्लो तटीय क्षेत्र अन्तर्गत सिस्नेरी खोला तथा बागमती नदी किनारमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने अत्यधिक जोखिम रहेको प्रषित सूचनामा उल्लेख छ ।
संवेदनशील परिस्थितिमा जनधनको क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय रौतहटले रौतहटबासी र सर्लाही प्रशासनले सर्लाही बासीलाई उच्च सतर्कता अपनाउन सबैमा जानकारी गराए ।
सजग एवं सर्तक रहने क्षेत्र
१. नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण बासिन्दाहरू तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने ।
२. सिस्नेरी खोला र बागमती नदी किनार तथा आसपासका मार्गहरूमा कुनै पनि प्रकारको रात्रिकालीन यात्रा नगर्न अनुरोध ।
३. नदी किनारमा माछा मार्ने, दाउरा संकलन गर्ने, चौपाया चराउने वा अन्य कुनै पनि कारणले नदीको बहाव क्षेत्र नजिक नजानु हुन ।
प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सूचना गम्भीरता पूर्वक लिन र सम्भावित जोखिमबाट बच्न समयमै सुरक्षित स्थानमा जान आग्रह गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन