साँकेतिक तस्वीर
बारा, १४ कार्तिक । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित स्वास्थ्य भवन उदघाटन गर्ने विषयलाई लिएर भएको हिंसात्मक रूप लिएपछि प्रहरीले सिधै गोली प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
विरोध प्रदर्शनका क्रममा तोडफोड, ढुंगामुढा र हवाई फायर हुँदा गोली लागेर एक १८ वर्षीय युवक गम्भीर घाइते भए । कानुन, न्याय तथा संसदीय मामिला समितिकी सभापति समीक्षा बास्कोटा स्वास्थ्य भवन उदघाटन गर्न आउने कार्यक्रम तय भएपछि गाउँपालिकाका पूर्वअध्यक्ष र वर्तमान अध्यक्षबीच विवाद उत्पन्न भएको थियो । सभापति बास्कोटा कलैया सम्म आइपुगेपछि विवाद थप चर्किएका थिए ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार पूर्व गाउँपालिका अध्यक्ष सहितको टोलीले भवन उदघाटन गर्न नदिने भन्दै प्रशासनलाई जानकारी गराएको थियो । अर्को तर्फ वर्तमान गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले सभापति आउने कार्यक्रम रहेकाले सुरक्षा व्यवस्था मिलाइदिन प्रशासनसँग आग्रह गरेका थिए ।
सम्भावित झडपलाई मध्यनजर गर्दै प्रशासनले दुवै सुरक्षा निकायका प्रमुखलाई घटनास्थलमा खटाएर सुरक्षा व्यवस्था चुस्त पारिएको स्थानीय प्रशासनको दाबी छ । तर, विरोधमा उत्रिएका स्थानीयले स्वास्थ्य भवनको शिलालेख, टेन्टलगायतका संरचनामा तोडफोड गर्नुका साथै ढुंगामुढा गरेपछि अवस्था नियन्त्रण बाहिर पुगेका थिए ।
प्रमुख जिल्ला अधिकारी अधिकारी अधिकारीले घटनास्थलमा एक जनाले हवाई फायर समेत गरेका थिए । सोही क्रममा फेटा–३ निवासी धर्मेन्द्र पासवानका करिब १८ वर्षीय छोरा आदित पासवानको पेटमा गोली लागेको छ । गम्भीर घाइते उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
भवनभित्र २५ प्रहरीसहित ३७ जना फसे पछि सुरक्षित रुपमा उद्धार
घटनापछि नवनिर्मित स्वास्थ्य भवनभित्र २५ जना प्रहरी र १२ जना कर्मचारी गरी ३७ जना फसे । उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न प्रशासनले २ घण्टाको निकै प्रयासपछि सफल भए ।
स्वास्थ्य भवन उदघाटन जस्तो सार्वजनिक कार्यक्रम राजनीतिक तथा व्यक्तिगत विवादको चपेटामा पर्दा गोली चल्ने अवस्था सम्म पुगेपछि फेटा क्षेत्रमा त्रास फैलिएको छ । थप मानवीय क्षति रोक्न प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको प्रशासनीक श्रोतबाट बुझिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन